सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ७० हजार नाघ्याे, संक्रमितकाे संख्या २५ लाखनजिक

काठमाडौं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ७० हजार नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४२५ पुगेको छ । संक्रमण हुनेको संख्या भने २५ लाख नजिक पुगेको छ । वर्ल्डो मिटर्सको अनुसार अहिलेसम्म संक्रमितको संख्या २४ लाख ८१ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ७६ हजार जना नयाँ संक्रमित थपिएका छन् । साेमबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार थियाे भने संक्रमितको संख्या २४ लाख ७ हजार थियाे ।

सङ्क्रमितमध्ये ६ लाख ४६ हजार ८०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १६ लाख ६४ हजार ८११ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५६ हजार ७६६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १९ सय बढीको मृत्यु भएको छ भने २८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ७ लाख ९२ हजार ७५९ पुगेको छ । तीमध्ये ७२ हजार ३८९ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६ लाख ७७ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १३ हजार ९५१ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २४ हजार ११४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ८१ हजार २२८ कोरोनाको संक्रमित भएका छन् । साेमबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४५४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४८ हजार ८७७ बढी पूर्णरूपमा निको भइसकेका छन् ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख नाघिसकेकाे छ । स्पेनमा कोरोनाका कारण २० हजार ८५२ले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ३९९ जनाको मृत्यु भएकाे छ भने १५ सय बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ८० हजार ५७८ जना पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९८ हजार बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ४ हजार २४२ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ५५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २० हजार २६५ पुगेको छ ।

साेमबार मात्रै फ्रन्समा ५४७ जनाको मृत्यु भएको भने साढे २ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रिमतमध्ये ३७ हजार ४०९ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९७ हजार ७०९ जनामा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ५ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४७ हजार नाघेको छ । मृत्यु हुनेको संख्या भने ४ हजार ८६२ पुगेको छ । साेमबार मात्रै त्यहाँ २२० जनाको मृत्यु भएको छ भने १३ सय नयाँ संक्रमित भेटिएका छन् ।

अहिले जर्मनीमा ५० हजार ७०३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये ९१ हजार ५ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा १६ हजार ५०९ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख २४ हजार ७४३ पुगेको छ । साेमबार मात्रै बेलायतमा ४४९ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ७ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या ९० हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ११० जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १३ हजार ४३० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७५ हजार ४१० जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार २०९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ५९ हजार बढी निकाे भएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले एक हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा १३३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७५८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »