सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाबाट विश्वभर ज्यान गुमाउनेकाे संख्या १ लाख १९ हजार नाघ्याे, १९ लाख २४ हजार संक्रमित

काठमाडाैं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६८६ पुगेकाे छ ।

संक्रमण हुनेकाे संख्या भने १९ लाख २४ हजार ६३५ पुगेकाे छ । सङ्क्रमितमध्ये ४ लाख ४४ हजार ८३६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १३ लाख ५९ हजार ८०४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ७४२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अमेरिकामा २३ हजार ६४० जनले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १५ सय बढीकाे मृत्यु भएको छ भने २६ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म त्यहाँ ५ लाख ८६ हजार ९४१ पुगेको छ । तीमध्ये ३६ हजार ९४८ जना भने निकाे भइसकेका छन् । अहिले त्यहाँ ५ लाख २६ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १२ हजार ७७२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

अमेरिकापछि काेराेनाका कारण सबैभन्दा बढी मृत्यु हुने देशमा इटाली पर्छ । अहिलेसम्म इटालीमा काेराेनाका कारण २० हजार ४६५ जनाकाे मृत्यु भइसकेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ५९ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । साेमबार मात्रै इटालीमा ४ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ५६६ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ३५ हजार ४३५ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

काेराेनाले भयवह पारेकाे अर्काे देश हाे स्पेन । यहाँ संक्रमितकाे संख्या इटालीमा भन्दा पनि धेरै पुगेकेा छ । स्पेनमा अहिलेसम्म काेराेनाका कारण १७ हजार ७५६ जनाकाे ज्यान गइसकेको छ भने १ लाख ७० हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५४७ जनाको ज्यान गुमाएका छन् भने ३ हजार भन्दा बढी थप नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये ६४ हजार बढी भने पूर्णरूपमा निकाे भएका छन् । अहिले स्पनेमा १ लाख ३ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे वर्ल्डे मिटर्सले जनाएकाे छ । तीमध्ये ७ हजार ३७१ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स र बेलायत पनि रहेकाे छ । फ्रान्समा अहिलेसम्म काेराेना संक्रमितकाे १ लाख ३६ हजार नाघेकेा छ भने मृत्यु हुनेकाे संख्या १४ हजार ९६७ पुगेकेा छ । साेमबार मात्रै त्यहाँ ५७५ जनाकाे मृत्यु भएकाे छ । संक्रिमतमध्ये २७ हजार ७१८ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ९१ हजारमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३०हजार नाघेकाे छ । तीमध्ये ६४ हजार ३ सय भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजार ५३२ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ ३ हजार १८४ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

बेलायमा काेराेनाका कारणा अहिलेसम्म ११ हजार ३२९ जनाकाे ज्यान गइसकेके छ । साेमबार मात्रै बेलायतमा ७१७ जनाकाे मृत्यु भएकाे छ । संक्रमितकाे संख्या भने ८८ हजार ६१२ पुगेकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीन भने अहिले ११ सयकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजार ७३८ बढी पूर्णरूपमा निकाे भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार २४९ जनामा कोरोनाको संक्रमण देखिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »