सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाभाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघ्यो,निकाे हुनेकाे संख्या बढ्दाे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघेको छ। त्यसैगरी संक्रमित हुनेकाे संख्या ५५ लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख ९७ हजार ६५० पुगेकाे छ ।

यो समाचार तयार पर्दा सम्म विश्वभर काेराेनाका कारण ३ लाख ४६ हजार ६७५ ले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९५ हजार काेराेना संक्रमित थपिएका छन् भने २ हजार ८ सय मृत्यु भएकाे छ । आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ४३ हजार ७९९ थियाे ।

कुल सङ्क्रमितमध्ये २३ लाख १ हजार ९७० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ८६ हजार ४३६ पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ५१ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ३५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ३८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४ हजार २४ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५७ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ७६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २६८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९८५ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »