सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेनाभाइरस : विश्वभर ३ लाख ७७ हजारको मृत्यु, ६३ लाख संक्रमित, २९ लाख बढी निकाे भए

काठमाडाैं । चीनबाट सुरु भएकाे कोरोनाभाइरस अर्थात् कोभिड-१९ का कारण विश्वभर मृत्यु हुनेकाे संख्या ३ लाख ७७ हजार ३९७ पुगेकाे छ । पछिल्लाे तथ्यांकअनुसार मंगलबार बिहानसम्म संक्रमितकाे संख्या ६३ लाख ६५ हजार १७३ पुगेकाे छ ।

वर्ल्डो मिटर्सका अनुसार कुल सङ्क्रमितमध्ये अहिलेसम्म काेराेना संक्रमितमध्ये २९ लाख ३ हजार ३८२ जना उपचारपछि घर फर्किसकेका छन् ।

याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ७ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । साेमबार मात्रै १ लाख बढी संक्रमित निकाे भएर घर फर्किएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६ हजार ९२५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १८ लाख ५९ हजार ३२३ पुगेकाे छ ।

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३१५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार २२ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ हजार ८ सय ११ पुगेकाे छ । संक्रमितमध्ये २११ जना पूर्णरूपमा निकाे भएका छन् भने ८ जनाकाे ज्यान गएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »