सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना अपडेट:विश्वभर मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघ्याे, संक्रमितकाे संख्या ५० लाख नजिक

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार ८८९ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ४९ लाख ८५ हजार ६५६ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये १९ लाख ५८ हजार ३०८ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ५ सय ८९ जनाकाे मृत्यु भएकाे छ । मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९३ हजार ५३३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ७० हजार ५८३ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ६१ हजार १८० भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख १५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २४८ अवस्था गम्भीर रहेको छ ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ३०२ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४२ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २४४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९६५ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा भने अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ४०७ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २ रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »