सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना कहरमा माेडलिङ क्षेत्रमा भविषय खाेज्दै बिपना चुनारा

काठमाडौं। युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिँदै गएका छन् । युवा पुस्ताको सर्वाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । मोडल, नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन्, बिपना चुनारा ।

नृत्य तथा अभिनयमा पोख्त मोडल बिपना चुनारा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलामा निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

सुर्खेतको स्थायी बासिन्दा बिपना चुनारा काठमाडौंलाई कर्मथलो बनाएर बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्ध रहेर व्यवसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन् ।

हेर्दा पनि निकै आकर्षण मोडल बिपना, हाँसिरहने शालीन स्वभावकि छिन् ।

मोडल बिपना चुनारा यदि कुनै चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउँछिन् । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने बिपना अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिसमा छिन् ।

केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी बिपनाले टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन। । मोडल बिपना चुनारा भन्छिन, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »