सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना काहर, उपत्यकामा लकडाउन अनि निम्न वर्गका लागि सरकारकाे विकल्प

काठमाडौँ । लकडाउन उपत्यकावासीका लागि कुनै अनौठो र कुनै नौलो विषय रहेन । करिब ३ महिना लामो लकडाउनको अनुभव बटुलिसकेको उपत्यकावासीहरुका लागि दोस्रो लकडाउनले केवल त्रसितमात्र उत्पन्न गराएको छ ।

विभिन्न अनलाइन समाचारहरुमा लकडाउनमा के गर्न हुन्छ , के गर्न मिल्दैन ? शिर्षकमा समाचार संप्रेशन भैइरहेका छन् । दोस्रो चरणको लकडाउनमा काठमाडौँ बाहिर जान चहानेहरुका लागि मध्यनजर गरी दुईदिनको समय अवधी राखेर नेपाल सरकारले लकडाउन गर्ने, गराउने तयारीमा जुटेका छन् ।

छिमेकी राष्ट्र भारतमा फैलिएको कोरोनाको प्रभावले नै भन्नु पर्छ नेपालगञ्ज बाँकेमा कोरोनाको कारणले सयौको संख्यामा विरामीहरु छट्पटिरहेका छन् भने दैनिक मृत्युको संख्या बृद्धि भैइरहेको छ । नेपालमा पनि अक्सिजनको अभाव देखिन थालेका छन् । अब नेपाल सरकारले कोभिड १९ को रोगलाई नियन्त्रणमा ल्याउनका लागि के कस्ता तयारीहरु गरिरहेका छन् त्यो सार्वजनिक हुन बाँकी नै छ तर पहिलो लकडाउनको समयमा तयार गरिसकेका क्वाराइनटाइनहरु के कस्तो अवस्थामा छन् । त्यसलाई पुनः संचालनमा ल्याउन के गर्नु पर्छ ? नेपाल सरकारले यो विषय बस्तुलाई प्रथामिकताका साथ ध्यान दिनु पर्दछ ।

राजनीतिक अवस्था जे जस्तो भएतापनि यो अवस्थामा कुर्सीको लागि भन्दा पनि आम नागरिकको हितको लागि काममा ध्यान दिनु पर्ने अवस्था आइसकेको छ । नेपाल सकारले जारी गरेको नियम अनुसार निरन्तररुपमा दास्रो वर्ष पनि तेमाल जात्रा स्थगित भएको छ । तामाङ समुदायले बौद्धलाई टाढैबाट दर्शन गरेर फर्केका छन् । लकडाउनको कारणले गतसाल पनि तेमाल जात्रा हुन सकेको थिएन । तामाङ समुदाय र बौद्धलम्बीहरुले नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै विरोध गरेका छैनन् ।

बैशाख १६ गते पछि वैवाहिक जीवनमा बाँदिनु पर्ने युगल जोडीहरुका लागि यो लकडाउन अभिसाप नै सावित भएका छन् भने दैनिक ज्याला, मजदुर गरि जीवन गुजारा गर्नेहरुका लागि लकडाउन साँच्चिकै समस्याको पहाड भएर उभिएको छ । अब यो विषयमा नेपाल सरकार, स्थानीय सरकारले केही न केहि सोच्नु पर्ने छन् ।

पहिलो लकडाउनको समयमा विभिन्न संघ सस्था र व्यक्तिहरुले दैनिक मजुरी, ज्याला गरेर जीवन गुजारेकाहरुका लागि भोजन भनेर अभियान नै चलाएको थियो । अहिले यो अवस्थामा नेपाल सरकारले केहि राहतको प्याकेज ल्याउने निम्न वर्गले आशा राखेका छन् ।

उत्पादनको क्षेत्र भन्दा निर्यात दर उच्च बृद्ध रहेको हुनाले नेपाल सरकारले लकडाउनलाई सही सदुपयोग गर्न हामी सबैले साथ र सहयोग दिनु पर्दछन् ।

सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको (कोभिड १९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।

सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ भने कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।

अन्तमाः हामी सबैले लकडाउनको सदुपयोग गर्दै कोभिड १९ लाई जित्ने संकल्पका साथ माक्स नलगाई हिड्नेहरुलाई माक्स लगाउने सल्लाह र सुझाव दिने प्रयास गरौं । यो बेलमा हामी सबै नेपालीहरु एक भएर यो भयबह समस्याको सामाना गर्नु पर्छ ।

दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने निम्न वर्गका लागि भने नेपाल सरकारले राहतकाे प्याकेज ल्याउनु पर्दछ । नेपाल सरकारकाे स्थानीय तहकाे सरकारले अाउने सम्भावित समस्याकाे सामाना गर्न तयारीका साथ बस्नु पर्ने छ अन्यथा लकडाउनकाे कारणले गरि खाने वर्ग समस्यामा पर्न सक्नेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »