सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना त्रासः तेमाल प्रवेश गर्ने स्थानमा हेल्थ डेक्स

काठमाडाैँ । काेराेना भाइरसकाे त्रास अहिले शहर देखि गाउँसम्म फैलिरहेकाे छ । २५ जना भन्दा धेरै भेला हुन नपाउने, हात नमिलाउने, साबुन पानीले अनिवार्य हात धुने आदिकाे जानकारी मुलक सूचना नेपाल सरकारले जारी गरिसकेका छन् र गरिरहेका छन् । तेमाल गाउँपालिकाले काेराेना भाइरस सम्बन्धी विभिन्न जनचेतना फैलाउँदै तेमाल प्रवेश हुने दुई स्थानमा हेल्थ डेक्स स्थापना गरेका छन् ।

अध्यक्ष सलामा सिं तामाङ बताउनु हुन्छ ”गुरू रेम्पाेचेकाे माेलमले तेमालका बासिन्दामा काेराेना भाइरस नलागाेस । म यही कामना गर्दछु र नेपालमा नै प्रवेश नहाेस भन्न चहान्छु । हामीले तेमाल प्रवेश गर्ने कालीमाटी र पाँचखाल नगरपालिका वडा नं२ स्थीत भाेहाेरे दाेभानमा हेल्थ डेक्स् स्थापना गरेकाे छ ।”

यसै गरी गाउँपालिका प्रशासकीय अधिकृत लक्षमण कुइकेलले गाउँमा सचेत र त्रास नहुनका लगि विभिन्न जनचेताना मुलक कार्यक्रम संचालन गरेकाे सारा खबरलाई फाेन संवादकाे क्रममा जानकारी दिनुभयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »