सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरसकाे त्रासमा बजार सुनसान हुँदै, गाउँ फर्कन शुरू

काठमाडौं । काेराेना भाइरसकाे त्रासमा एसइइ परिक्षा स्थगित गरेसँगै काठमाडाैँकाे सडकमा र बजार क्षेत्र सुनसान हुँदैछन् । सडककाे चाप कम भएकाे छ भने काठमाडौं छाड्नेको संख्या बढेको छ । उपत्यकाबाट अधिकांश बालबालिका, महिला तथा वृद्धहरु कोरोनाको त्रासले गाउँ फर्कन थालेका हुन् । फर्कने अधिकांशले मास्क लगाएका छन् ।

बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले १५ बुँदे निर्णय गर्दै आंशिक ‘लक डाउन’को घोषणा गर्यो।

अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल नगर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेसमा भोज नगर्ने, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गर्यो।

सरकारले विद्यालय र विश्वविद्यालयको पढाइसँगै सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णयसमेत गर्यो। यसको प्रभाव बिहीबार नै राजधानीका सडकमा देखिएको छ। धेरै मानिसले बिहीबार राजधानी छोडेका छन् भने कतिपय सर्वसाधारण कोरोना संक्रमण त्रासले बाहिर निस्किन डराए। काठमाडौंको न्युरोड, बसन्तपुर, ठमेर र दरबारमार्गमा देखिएका दृश्यलाई हामीले देखाउने प्रयास गरेका छौँ।

न्युरोड सडकमा सवारी चाप छैन। पसल पुरै खुलेपनि भिडभाड देखिँदैन। फुटपाथमा हात धुनका लागि पानी र साबुन राखिएको छ। यस्तै विशाल बजारमा पनि खासै चहल पहल देखिँदैन।

बसन्तपुर पनि सुनसान देखिन्छ। पर्यटक कम देखिन्छन्। व्यापारीको पसल थापे पनि ग्राहकको भिडभाड छैन। पर्यटकको पर्खाइमा रहेका रिक्साचालक २०७२ वैशाखको भूकम्पले भत्किएका मन्दिर र ऐतिहासिक भवन नजिकै लामबद्ध छन्।

व्यापार नभएको उनीहरुको गुनासो छ। ‘व्यावसाय डामाडोल छ। पहिला ग्रुप नै लिएर हिँड्थे। अहिले पर्यटकनै छैनन्’, रिक्सा चालक रामबहादुर श्रेष्ठ भन्छन्, ‘पहिला दिनमा १२ देखि १५ सयसम्म कमाइहुन्थ्यो अहिले यो रोगले गर्दा पर्यटक आउन छाडे। अहिले त पेट पाल्नै गाह्रो छ।’

कैलालीका गोपाल विश्वकर्माले यस क्षेत्रमा रिक्सा चलाएको १५ वर्ष भयो। तर, अहिले कमाई नभएको गुनासो गर्छन्। कोरना भाइरसको कारणले परिवार पाल्न गाह्रो भो’, विश्वकर्मा भन्छन्, ‘पहिला दैनिक हजार १२ सय कमाइ हुन्थ्यो। अहिले चाइनिज पर्यटक आएका छैनन्। अरु देशका पनि छैनन्। कमाइ नै छैन।’

ठमेल क्षेत्रसमेत सुनसान छ। सवारी साधन र मान्छेको चहलपहल घटेको छ भने सडकसडकमा देखिने सारङ्गी बाधकसमेत छैनन्।

राजधानीकै व्यस्त मानिएको दरबारमार्गसमेत सुनसान छ। यस क्षेत्रका चर्चित होटल खुले पनि सुनसान छन्।

भर्खरै

सम्बन्धित खबर

Language »