सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरसका कारण युरो कप एक वर्षपछि

रोम । काेराेना भाइरस (कोभिड–१९) काे कारणले सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुने तय भएको युरो कप फुटबल एक वर्ष पछि सरेको छ। महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण युरो कप एक वर्षपछि सारिएको हो।

युरोपेली फुटबल महासंघ (यूईएफए) को मंगलबार बसेको बैठकले युरो कप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिले मुख्यगरी युरोपमा कोरोनाको संक्रमण बढी देखिएको छ। कोरोना भाइरसको त्रासका कारण युरोपमा अधिकांश खेलकुद गतिविधि स्थगित गरिएका छन्। विश्व चर्चित युरोपियन लिग फुटबल प्रतियोगिताहरू पनि कोरोना भाइरसको मारमा परेको छ।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगदेखि इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगासम्म कोरोना भाइरसको मारमा परेका छन्। कोरोना भाइरसकै त्रासका कारण इटालियन सिरिएका खेलहरू पनि स्थगित गरिएको छ। तर, इटालियन फुटबल महासंघले सिरि एको सिजन सफलतापूर्वक टुंग्याउन सोमबार मात्र युरोकप स्थगित गरिनुपर्ने माग अघि सारेको थियो।

इटालियन फुटबलका अध्यक्ष ग्याब्रियल ग्राभिनाले युरोपियन फुटबल महासंघ (यूईएफए) को मंगलबारको बैठकमा युरो कप रोक्ने प्रस्ताव राखेका थिए। बैठकमा युरोपियन क्लब एसोसिएसन, युरोपियन लिग र खेलाडी संघका प्रतिनिधिलाई पनि आमन्त्रित गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »