सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार नाघ्याे, ३९ लाखबढी संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार ६८३ पुगेकाे छ ।

विश्वभर अहिलेसम्म ३९ लाख १५ हजार ६३५ काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १३ लाख ४१ हजार भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै पाँच गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ५ हजार ५५८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ थियाे भने संक्रमितकाे संख्या ३८ लाख २१ थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७६ हजार ९२८ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ९२ हजार नाघेकाे छ । संक्रमितमध्ये २ लाख १७ हजार२५० पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ९८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १७ हजारकाे अवस्था गम्भीर रहेको छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ७७ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ६२५ पुगेकाे छ । संक्रमितमध्ये २३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ५१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ । 1

कोरोनाको उद्गम स्थल चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »