सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरस विरूद्धकाे लडाइँ जित्न नेपालकाे झन्डा फरफरायाे स्विजरल्याण्डमा

काठमाडाैँ । काेराेना भाइरसकाे कारणले पर्यटन वर्ष २०२० स्थगित भएकाे सबैलाइ थाहा नै छ तर कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा चम्काइएका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डा पनि राख्‍ने गरिएको छ । याे पनि नेपालकाे लागि खुशीकाे कुरा हाे ।

नेपाली झण्डा राख्दै त्यहाँ नेपालका बारेमा पनि सानो जानकारी राखिएको छ । त्यहाँ उनीहरुले लेखेका छन्, ‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ ।

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको हो ।

एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्दताको सन्देश पठाउँछौं ।’

मौसम सफा रहेका बेला सूर्यास्तदेखि मध्यरातसम्म अन्य देशका झण्डाको आकृतिसँगै नेपालको झण्डा पनि देख्‍न सकिन्‍छ । स्विजरल्याण्डको जेर्मात जिल्लाले विश्वलाई प्रोत्साहन गर्नेप्र तीकको रुपमा मार्च २४ देखि यस्ता बत्तीहरु चम्काइरहेको छ ।

एजेन्सीकाे सहयाेगमा ।

भर्खरै

सम्बन्धित खबर

Language »