सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरस विरूद्ध तेमाल गा.पा.काे १९ लाख अनि प्रतिपक्षकाे भुमिका

काभ्रे । विश्वमा नै काेराेना भाइरसकाे त्रास फैलिरहेकाे छ । चीन, युराेप , भारत, नेपाल लगाएत धेरै देशहरूले लकडाउन घाेषणा गरिसकेका छन् । नेपालमा विदेशबाट आएका केहि सिमित व्यक्तिहरूमा मात्र काेराेना भाइरस देखिएकाे छ । ति व्यक्तिहरू अहिले सामान्य अवस्था नै छन् । ६ जनालाई नै अहिले नेपाल सरकारले पुर्ण निगरानीमा राखेर उपाचार गरिरहेका छन् ।

देशका करिब २ कारेड ५० लाख जनता अहिले लकडाउनमा बसिरहेका छन् । अत्ति आवश्यक काम बाहेक अन्य कामका लागि बाहिर ननिस्केकाे पनि १२ औ दिन पुगिसकेकाे छ ।

हरेक स्थानीय तहले लकडाउनलाई पुर्णरूपमा पालाना गर्ने निर्णय गरिसकेका छन् । यस्तै तेमाल गाउँपालिकाले पनि चैत्र ११ गते बसेकाे आकास्मिक बैठकबाट सरकारले घाेषणा गरेकाे लकडाउनलाई पुर्णरूपमा कार्यन्वयण गर्ने निर्णयका साथ तेमाल गाउँपालिकालाई पनि पुर्ण लकडाउन क्षेत्र घाेषणा गरियाे ।

चैत्र ११ गतेकाे निर्णयले नै विपद व्यवस्थापनका लागि छुट्टाएकाे १९ लाख माहामारी काेराेना भाइरसकाे विरूद्धमा प्रयाेग गर्ने निर्णय गरेकाे थियाे। तर लकडाउन लागु भएकाे ११ औं दिनमा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङकाे अगुवाइमा सर्वदलिय बैठक सम्पन्न भएकाे छ ।

उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल, नेकपा प्रतिनिधहरु जेनिश लामा, डि.एम. लामा, इन्द्रमान लामा, नेपाली काँग्रेस प्रतिनिधि तिमाल सिं तामाङ, संघीय समाजवादी पार्टीका प्रतिनिधि स्त्रीमाया तामाङ, स्वास्थ्य संयोजक शिवहरि पाठक, प्रहरी चौकी इन्चार्ज जोगेन्द्र पण्डितको सहभागीता रहेका थिए ।

यस्तो छ सर्वदलिय निर्णयहरुः

१) तेमाल गाउँपालिका भित्र लकडाउनलाई अझ प्रभावकारी बनाउनको लागि आम तेमालबासीहरुमा तपशिल बमोजिम कार्यहरु पूर्ण रुपमा बन्द गर्न सर्वदलिय बैठकबाट आव्हान गर्ने निर्णय गरियो ।
क) अत्यावश्यक बाहेक घरबाहिर ननिस्कने ।
ख) सार्वजनिक स्थलहरुमा भिडभाड गर्ने, खेलमैदानमा भिडभाड गरी खेल खेल्ने, अनावश्यक जमघट तथा भोजभतेर गर्ने कार्य पूर्ण रुपमा नगर्न ।
ग) अत्यावश्यक बाहेक मोटरसाईकल, ट्रक, बस लगायतका सवारी साधानहरु सञ्चालन नगर्ने ।
घ) होटल पसल संचालन तथा मदिराजन्य वस्तुको विक्रि वितरण पूर्णरुपमा बन्द गर्ने ।
ङ) निश्चित समय बाहेक अरु बेला खाद्यन्न पसल सञ्चालन नगर्ने ।
२) कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम गर्न वडा अध्यक्षको संयोजकत्वमा वडा समिति समेत रहेने गरि एक सर्वदलिय समिति बनाई सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय गरियो । साथै विदेशबाट आएका व्यक्तिहरुको थप पहिचान गरी विवरण संकलन गरि तत्काल गाउँपालिकामा पठाउने निर्णय गरियो ।
३) कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणका कारणले विभिन्न उद्योग, कलकारखानाहरु, निर्माण कम्पनीहरु समेत बन्द भएको अवस्थामा दैनिक ज्यालादारी गरी गुजारा चलाईरहेका परिवारलाई आवश्यकतानुसार राहत उपलब्ध गर्नका लागि वडा स्तरीय सर्वदलीय समितिले पहिचान गरी सिफारिस गर्ने निर्णय गरियो । साथै अन्यत्र रहेका तेमालका स्थायी बासिन्दाले लकडाउन अवधि भर समस्या परेमा तेमाल गाउँपालिकामा सम्पर्क गर्न आव्हान गर्ने निर्णय गरियोे ।
४) आवश्यकतानुसार सर्वदलिय बैठक वस्ने गरि आजको सर्वदलिय बैठक समापन गर्ने निर्णय गरियो ।

तेमाल गाउँपालिका र प्रतिपक्ष बीच बसेर गरेकाे याे निर्णय ढिला भएन र ? गाउँपालिका अध्यक्षलाई प्रश्न गर्दा उहाँले परिस्थितिकाे बाबजुद याे निर्णय लिएकाे बताउनु भयाे । उहाँले बिहिबार भएकाे निर्णय अनुसार शुक्रबार वडाका प्रत्यक स्वास्थ्य चाैकिमा पिपि, आवश्यक औषधिहरू वितरण गरिने सारा खबरलाई जानकारी दिनुभएकाे छ ।

खासमा माथि उल्लेखित निर्णयहरू २०७६ चैत्र ११ गतेकाे गाउँपालिकाकाे आकास्मिक बैठकबाट नै निर्णय गरेकाे थियाे । त्यही निर्णयलाई पारित गराउनका लागि सर्वदलीय बैठककाे नै आवश्यकता किन ?

नेकपाका जिल्ला सदस्य तथा युवा नेता जेनिश दाेङले भन्नु भयाे ”याे विषम परिस्थितिमा तेमाल सरकारले प्रतिपक्षलाई सम्झनु नै महत्वपुर्ण हाे । हामीले तेमाल सरकारकाे निमन्त्रणालाई स्वागत गर्दै याे विषम परिस्थितिमा आफैलाई जाेखिममा रखेर सर्वदलिय बैठकमा सहभागी हुन पुगेकाे छ । अब तेमालमा लकडाउनलाई अझ कडाइका साथ कार्यन्वयन गर्ने निर्णयमा हामी सबैले सहमि जनाएका छौं । सर्वदलिय बैठक बाेलाउनु नै गाउँपालिकाकाे स्वागत याेग्य निर्णय हाे किनभने अन्य गाउँपालिकाले सर्वदलिय बैठक बाेलाउने साहस गर्न सकेकाे छैन । यस्ताे बेलामा हामी सबै एक भएर समस्याकाे समाधान तिर लाग्नु पर्छ ।”

के तेमालमा प्रतिपक्षकाे भुमिका शुन्य नै हाे त ? नेकपाका जिल्ला सदस्य तथा प्रतिपक्षका नेता इन्द्रमान तमाङ भन्नु हुन्छ ”यसरी शुन्य नै त नभनाैं तर हामीले बिहिबार बसेकाे सर्वदलीय बैठकमा विपद व्यवस्थापनका लागि छुट्टाएकाे १९ लाखकाे सवालमा विषय प्रवेश गर्न नचाहेर नै कुरा नउठाएकाे हाे । किन भने तेमालमा पहिले देखि नै आर्थिककाे सवालमा तेमाल गाउँपालिका पादर्शिता नदेखेकाे हुनाले याे विषयमा पनि पार्दशिता हुँदैन र हामी भाेलि मुछिन सकिन्छ भनेर नै विषय प्रवेश नगरेकाे हाे ।”

सारा खबरकाे प्रतिनिधिले नारायण स्थान स्वास्थ्य चाैकिका इन्चार्ज शिबहरि पाठसँग याे विपदकाे व्यवस्थापनका लागि तेमाल सरकारले के कस्ता भुमिका निर्वाह गरिरहेकाे छ भन्ने प्रश्नमा हामीले करिब ४,५ लाखकाे १५ प्रकारकाे औषधि खरिद गरेका छाै जुन काेराेना भाइरसकाे सम्भावित राेकथामका लागि ति औषधिहरू प्रयाेग गर्न सकिन्छ । त्यसै गरि प्रत्येक वडामा रहेका स्वास्थ्य चाैकिमा २,२ वटा पिपि पठाउदै छाैं । गाउँपालकािकाे पहलमा नै १५ वडा आइसाेलेशन वेडकाे तयारीमा लागि रहेकाे छ । हामीले प्रत्यक वडाका स्वास्थ्य चाैकीमा स्यानिटाइजर र माक्स पठाइ सकेका छाै । ”

इन्चार्ज शिवहरि पाठकले यसरी स्यानिटाइजर र माक्स प्रत्येक वडामा पठाएकाे छ भनेर दाबी गरि रहदा वडाका वडा अध्यक्ष र स्थानीय जनता भने माक्स र स्यानिटाइजर नपाएकाे गुनासाे गरिरहेका छन् र गाउँपालिकाले वेवास्था गरेकाे अाराेप पनि लगाएका छन् ।

यही विषयमा एक वडा अध्यक्षले नाम नखुलाउने सर्तमा भन्नुहुन्छ ”महामारी काेराेना भाइरस व्यवस्थापनका लागि भनेर १९ लाख बजेट छुट्टाएकाे छ । अहिले औषधि खरिद गर्याे भनेकाे सुनेकाे छु तर औषधि त याे भन्दा पहिला नै एक वर्षका लागि पुग्दाे औषधि खरिद गरिसकेकाे छ भनेकाे थियाे । याे बजेटले कम्तिमा हात धुने साबुन, माक्स र स्यानिटाइजर जनतालाई वितरण गर्न पाए धेरै राहत हुने थियाे ।”

वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ट, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङले व्यक्तिगतरूमा केहि गतिविधि संचालन गरेकाे जानकारी प्राप्त भएकाे छ भने वडा नं. ६ का वडा अध्यक्ष विकुलाल माेक्तान तामाङले आफ्नै खर्चमा वडाका जनतालाई स्यानिटाइजर, माक्स र हातधुने पानीकाे व्यवस्थापन गरेकाे समाचार सारा खबरले नै प्रकाशन गरिसकेकाे छ ।

प्रदेश सरकारले पनि स्थानीय तहलाइ १० लाख बजेट सहयाेग गर्ने निर्णय गरिसकेका छन् भने वाग्मती प्रदेशका सांसद रत्न ढकालले यही हप्तामा काभ्रेका प्रत्यक स्थानीय तहमा १० लाख रकम विनियाेजन भैसक्ने जानकारी दिनुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »