सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना संक्रमणकाे खतरा बढ्दै, २४६ पुग्याे

काठमाडौं । सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेको भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो आग्रह गरेका हुन्।

‘नेपालमा संक्रमण देखिएका धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्’, प्रवक्ता देवकोटाले भने, ‘सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुनसक्ने हुन्छ। सबैलाई सचेत र सजक रहन आग्रह गर्दछौँ।’

बिहीबार तीनजनामा तीनजना कोरोना पुष्टि भएको छ। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। प्रवक्ता देवकोटाका योसँगै १९८ पुरुष, ४८ महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४६ पुगेको छ।

मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो।

अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

भर्खरै

सम्बन्धित खबर

Language »