सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना संक्रमित देशकाे लहरमा भारत छैटाैँ स्थानमा,२ लाख ३६ हजार बढी संक्रमित

काठमाडाैं । विश्वमा काेराेना संक्रमित देशकाे लहरमा भारत अहिले छैटाैँ स्थानमा उक्लिएकाे छ । त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । शुक्रबार पनि ९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

भारतको कोरोना संक्रमित संख्याले इटालीको संक्रमित संख्यालाई उछिनेको छ। पछिल्लो विश्व विवरण अनुसार इटालीलाई उछिन्दै धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ।

एसियामै सबभन्दा बढी संक्रमित रहेकाे भारतमा शुक्रबार मात्र ९ हजार ४७१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले जनाएकाे छ । यसैगरी शुक्रबार २८६ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । याे भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हाे ।

अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरि अहिले पनि १ लाख १६ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १३ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »