सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना संक्रमित देशकाे लहरमा भारत चाैथाे स्थानमा उक्लियो भारत,दैनिक मृत्यु हालसम्मकै बढी

काठमाडाैं । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा उक्लिएकाे छ । बिहीबार भारतमा हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेका छन् । बिहीबार मात्रै त्यहाँ ११ हजार १२८ संक्रमित फेल परेका छन् भने ३९४ जनाकाे मृत्यु भएकाे छ । बुधबार त्यहाँ काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे थियाे ।

भारतमा बुधबार हालसम्मकै सर्वाधिक दैनिक संक्रमितकाे संख्या भेटिएका थए । बुधबार त्यहाँ १२ हजार ३७५ जना कोरोनाभाइरस पुष्टि भएकाे थियाे ।

याे समाचार तयार पार्दासम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार ५०१ पुगेकाे छ ।

अहिले भातरमा १ लाख ४६ हजार ९७२ मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४२ हजार ८१० जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार एकै दिन ५ हजार ९९३ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »