सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेन भाइरस:विश्वमा मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार नाघ्यो,४८ लाख बढी संक्रमित

काठमाडाैं । विश्वमा काेराेना भाइरसकाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार नाघेको छ। विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ पुगेकाे छ । संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ पुगेकाे छ ।

महामारीको रुप लिएको कोरोनाभाइरस (काेभिड-१९) संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा झण्डै ६ गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

कुल सङ्क्रमितमध्ये १९ लाख ७ हजार १२५ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ५.९५ गुणा बढी हाे । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३९ प्रतिशत निकाे भएकाे छ भने ६.५४ प्रतिशत मृत्यु भएकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९१ हजार ९८१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ५० हजार पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ५६ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ८६८ अवस्था गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २४१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९९० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »