सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेरना विरूद्धकाे खाेप पत्ता लगायाे, पहिलो चरणको परीक्षण सफल

काठमाडाैँ। अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको छ।

नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन्।

एमआरएनए-१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो।

उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन्।

तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन्। एजेन्सी

भर्खरै

सम्बन्धित खबर

Language »