सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कित्ताकाट नियन्त्रण फुकवा गर्ने तयारीमा सरकार

काठमाडौँ / असार १९
कृषि योग्य जमिनमा गरिएको कित्ताकाट नियन्त्रणलाई सरकार फुकुवा गर्ने तयारीमा लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुझावलाई समेत सम्बोधन गर्दै एक/दुई दिनमै कित्ताकाट फुकुवा गर्ने तयारीमा लागेको हो ।

कित्ताकाट फुकुवा गर्न भूमि व्यवस्था मन्त्रालयले नापी, तथा भूमि व्यवस्था तथा अभिलेख विभाग सहितका उच्च कर्मचारीहरूसँग दुई/तीन चरण छलफल गरेको छ । छलफलको क्रममा अभिलेख तथा नापी विभागका उच्च कर्मचारीहरूले कृषियोग्य जमिनमा कित्ताकाट नियन्त्रण गर्ने गरी मन्त्रालयले जारी गरेको निर्देशिका जटिल र दोहारो अर्थ लाग्ने भएकोले अख्तियारले दिएको निर्देशनलाई कार्यान्वयन गर्न राम्रो हुने सुझाव दिएका छन्।

कित्ताकाट फुकवा गर्न मन्त्रालयले यसअघि २०७४ साउन २६ र २०७५ पुस २७ गते निर्देशिका जारी गरेका थियो । कित्ताकाट नियन्त्रण फुकवा गर्न उक्त निर्देशिका निष्कृय गर्ने तयारीमा सरकार जुटेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »