सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन गरे पुर्वमन्त्री गोकुल बास्कोटाले प्रदिप कुमार तामाङको प्रशंसा ?

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रिय सदस्य तथा पुर्वमन्त्री गोकुल बास्कोटाले युवा नेता प्रदिप कुमार तामाङको खुलेर चर्चा गरेपछि काभ्रेली राजनीतिमा नयाँ तरङ्ग थपेको छ ।

ठुलो पर्सेल काठमाडौ सम्पर्क मञ्च एमालेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकुल बास्कोटा रहेका थिए । असोज नौ गते बाँनेश्वरमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला नेताहरु इन्द्र तामाङ, घनश्याम लामा लगाएतका नेताहरु अतिथिमा थियो ।

तोक बहादुर लामाको अध्यक्षतामा तेह्र सदस्यी कमिटी गठन गरेको छ । नव निर्माण कमिटीलाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले भन्नु भयो । “अब ठुलो पर्सेलमा तपाईहरुले जितेर देखाउनु पर्छ । चुनावमा हा¥यो भने मलाई कहिले भेट्न नआए हुन्छ तर जितेर आउनुस म तपाईहरुलाई जेपनि सहयोग गर्न तयार छु ।”

असोज नौ गते नै नेकपा (एकिकृत समाजवादी) पार्टीको ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्च गथन गरेको थियो । तेमालमा अहिले एमाले ठुलो कि समाजवादी पार्टी ठुलो भन्ने विषयमा ठुलै बहस चलेको छ । तर एमालेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि गोकुल बास्कोटाले नेता प्रदिप कुमार तामाङको खुलेर चर्चा गरेपछि काभ्रे एमालेमा ठुलै खैला भैला भएको छ । नेता गोकुल बास्कोटाले तेमालमा प्रदिप कुमार तामाङ बाहेक एमालेमा अन्य नेता नभएको बताएको थियो तर पार्टी छोडेपछि तेमालमा ठुलो क्षेति ब्यहोर्नु परेको नेता गोकुल बास्कोटाको मुल्याङ्कन रहेको स्रोतले जानकारी दिएको छ ।

नेता गोकुल बास्कोटाले तेमालको राजा घोषणा गरेका इन्द्र लामाको लागि तेमालमा राजा बन्नका लागि प्रदिप कुमार तामाङ नै चुनौतिको पहाड भएको छ । त्यो चुनौतिको पहाड पन्छाउन नेता गोकुल बास्कोटा अहिले असफल भएको तेमालको राजनीति बुझ्ने व्यक्तिहरुको विश्लेषण छ ।

गोकुल बास्कोटाले किन प्रदिप कुमार तामाङ नै आवश्यक्ता ठानियो त ?

काभ्रेको तेमालको राजनीतिमा गोकुल बास्कोटालाई नेता इन्द्र लामा र युवा नेता जेनिस लामा नै त्यहाँको सर्वे सर्व व्यक्ति हो भन्ने भ्रम परेको थियो । नेकपा (एमाले) विभाजन पछि राजनीति संगठन विस्तारको क्रममा तेमालमा नेकपा (एमाले) कमजोर देखिएपछि नेता गोकुल बास्कोटाले प्रदिप कुमार तामाङको महत्व बुझेको हो । अहिले तेमालको राजनीतिक वृत्तमा प्रदिप कुमार तामाङ नै चर्चाको शिखरमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »