सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन भन्दैछन् त गायक कविन्द्र मोक्तान “कहिले नछुटोस् है माया”

काठमाडौँ । अनवरत गीत संगीतमा तल्लीन गायक कविन्द्र मोक्तानको नयाँ गीत “तिम्रो साथ, मेरो हात” सार्वजनिक भएको छ । गायक कविन्द्र मोक्ताननको “तिम्रै हुुन पाउँ” गीतले दर्शकको सर्वाधिक माया पाउन सफल भएको थियो ।

युवा व्यवसायी कविन्द्र मोक्तानले गीत संगीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि कविन्द्र तामाङ अफिसियल युटुव च्यानलबाट गीतहरु सार्वजनिक गरिरहेका छन् । गायक कविन्द्र मोक्तानको भुल्नलाई गाह्रो भो, सुखको दिन, ए चेक्खेन, महल नहोला, भेदभाव, नबोलदिँदा एकैछिन, दुःखको भारी जस्ता दर्जन गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

हरेक गीतहरुमा फरक आवाजको मिठासपन अनि सांगीतिक धुन पाउन सकिन्छ । एक पछि अर्कोमा गायक कविन्द्र मोक्तान निखारीँदै आएको पाइन्छ । कविन्द्र तामाङ अफिसियल युटुव च्यानलमा भर्खरै सार्वजनिक भएको गीत “तिम्रो साथ, मेरो हात” एक पटक सुनेपछि जो कसैको मनमा अवश्य बस्नेछ।

तिम्रो साथ, मेरो हात,
कहिले नछुटोस् है माया,
संगै देखेका सपना
कहिले नभुलोस् है माया,

हरेक व्यक्तिको वास्तविक चाहना हो यो । कसैले पनि जीवनमा विछोडको अनुभव गर्नु नपरोस् भन्ने चाहना सबैको हुन्छ ।

चोखो मायाको वास्तविक दर्पण गायक कविन्द्र मोक्तानले सार्वजनिक गरेको यो गीतमा सुन्न पाइन्छ । गायिका अस्मिता अधिकारीसँग कविन्द्र मोक्तानको यो पहिलो आवाज हो । सायद यो जोडीको आवाजलाई जनम जनम कसैले भुल्न सकिंदैन । गीतले दिन खोजेको सन्देश अनि सुरिलो आवाजको मिश्रण साह्रै राम्रो छ ।

भर्खरै

सम्बन्धित खबर

Language »