सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किराना पसलले लक्ष्मीको जीवनमा ल्यायो परिवर्तन, दैनिक सातसयम्म आम्दानी

नेपालगञ्ज, केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।
जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु ।


अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आम्दानी हुन थालेपछि अहिले न त उनलाई दुई छाक टार्ने चिन्ता छ न त उनका बच्चाको पढाईको चिन्ता । उनको चारजनाको परिवारलाई खान लाउन पुगेको छ ।
उनले आफ्नो छोरा उनिस थारुलाई अग्रेजी माध्यमको निजि विद्यालयमा भर्ना गराएकी छन् । आम्दानीबाट थोडै भएपनि रकम बचत गरेर अब छिटै आफ्नो घर बनाउने सपना बोकेर उनले दिनरात पसलमा मिहिनेत गरिरहेको बताईन् ।
बर्दियाको कतरनिया गाउँमा स्थायी घर भएकी थारुको परिवारले त्यहाँ काम नपाएपछि मजदुरी गरेर दुई छाक टार्ने सोचका साथ सन २०१५ सालमा नेपालगञ्ज आएका थिए ।


नेपालगञ्ज आएपछि पनि उनको परिवारले धेरै संघर्ष गर्नु पर्यो । पतिले मजदुरी गर्ने हुँदा कहिले काम पाउने कहिले नपाउने समस्याले पनि धेरै दिन सतायो ।
घरखर्चकै लागि समस्या भएपछि लक्ष्मीले अरुको घरमा लुगा, भाँडाकुँडा धुने लगायत घरेलु कामदारको रुपमा पनि काम गरिन् । कतार च्यारिटिले सहयोग नगरेको भए आफ्नो अवस्था अझै पनि दयनिय रहने लक्ष्मीको भनाई छ ।
उनले युनेस्को क्लब र कतार च्यारिटि दुबैप्रति आभार व्यक्त गर्दै यी दुई संस्थाकै कारण आफ्नो परिवारमा खुशियाली आएको र आफुले बच्चाको राम्रो पालनपोषण र शिक्षा दिलाउन सकेको बताइन् ।
क्लबले कतार च्यारिटिको सहयोगमा जिल्लाका धेरै विपन्न र आर्थिक रुपमा समस्यामा परेकालाई सहयोग गर्दै आएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजनाले धेरै विपन्नको अनुहारमा खुशियाली दिएको क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी बताउनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »