सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कीर्तिमानी खेलाडी चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग

काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं र आठौं राष्ट्रिय खेलकुदकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गरी गम्भीर घाइते बनाउने दोषीमाथि कारबाहीको माग गरेको छ ।

एथ्लेटिक्सतर्फ सटफुट र ज्याब्लिन थ्रोकी स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमानी खेलाडी लामगादेमाथि जातीय विभेद र कुटपिट गरिएको भन्दै दोषीमाथि कारबारहीको माग गरेको हो ।

खेलाडी संघले घाइते खेलाडीको अवस्था बुझ्‍न र सहयोग गर्न सम्बन्धित संघ, राखेप र युवा तथा खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

संविधानले नै जातीय दुर्व्यवहारका घटनालाई प्रतिबन्ध गरेको र रोक लगाएको भन्दै यस्तो अमानवीय घटनाको खेलाडी संघले भर्त्सना गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »