सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुपकन्या माध्यमिक बिद्यालयको ६४औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ माङ्खामा रहेको श्री कुपकन्या माध्यमिक बिद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
६४ औँ वार्षिकोत्सव तथा अभिभावक भेला प्रतिनिधि सभा सदस्य माननीय माधब सापकोटा (सुबोध)को प्रमुख आतिथ्यता, बागमती प्रदेश सदस्यद्वय सरल सहयात्री पौडेल र अमृता नेपाल को बिशेश आतिथ्यतामा , बलेफी गाँउपालिका अध्यक्ष गंगा तामाङ (प्रबेश),वडा अध्यक्ष तेज बहादुर पराजुली लगायत जनप्रतिनिधी, बुद्धिजिवि, पुर्व बिधार्थी, बिधार्थी, तथा अभिभाबकको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका छन् ।
उनले ऐनको आवश्यकताबारे चर्चा गर्दै आफ्नो यसको निर्माणमा भूमिका खेल्ने बताएका हुन् । साधन श्रोतलाई केन्द्रित गरेर शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगारका क्षेत्रमा लगानी गरिने उनको भनाई थियो ।
सांसद सापकोटाले संकटमा रहेको अर्थतन्त्र सुधार र बिदेसीने जनशक्ति रोकथाम गर्नु पर्ने चुनौतीबारे समेत चर्चा गरे । उनले आफूलाई विश्वास गरेर भोट दिने र नदिने सबैको नागरिकको संरक्षण, भौतिक पुर्वाधार, शिक्षा स्वास्थ्य र उत्पादनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिन्धुपाल्चोक १ ख बाट बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि शिक्षकलाई थप तालिमको व्यवस्थामा हुनुपर्नेमा जोड दिए । उनले आत्मअनुशासन र व्यवस्थापनबारे ध्यान दिन आग्रह गरे ।

वागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको योगदान हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले व्यवहारिक शिक्षामाका केन्द्रित हुन आग्रह गरेकी थिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »