सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुम्भेश्वर माध्यामिक विद्यालयलाई जाइकाको सहयोगमा १२ कोठे पक्की भवनकाे उद्घाटन

जाइकाको सहयोगमा निर्माण भएको शिवपुरी ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यामिक विद्यालयको १२ कोठे पक्की भवन तथा रुम टु रिडद्धारा निर्माण गरीएको पुस्तकालयको संयुक्त रुपमा उदघाटन गरिएको छ ।

३ करोड ४० लाखको लगानीमा निर्माण भएको उक्त भवनको आज नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले उदघाटन गर्नुभएको हो ।

भवन उदघाटन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री अर्जुन नरसिंह केसीले आधुनिक भौतिक संरचनासंगै विद्यालयले विश्व प्रतिष्पर्धी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।

नेकपाले चुनाब जितेमा नुवाकोटलाई प्रदेशको केन्द्र बनाउने हुंकार गर्ने नुवाकोटका प्रदेशसंसदले हेटौंडा केन्द्र बनाउन मतदान गरेर र्फकनु नुवाकोटे जनतामाथीको गम्भीर धोका भएको बताउनुभयो । नेता केसीले भन्नुभयो “प्रदेशको केन्द्र राख्ने निर्णय जे भएपनि त्यो प्रदेस सभामा आवाज समेत उठाईदिएको भएपनि नैतिक आधारत हुने थियो तर त्यती पनि बोल्न सकेनन, यसबाट के पुष्टी हुन्छ भने कम्युनिष्टहरु बढता क्रान्तिकारी कुरा गरेर जनतालाई भ्रम पार्न खोज्छ र व्यवहारमा कति काम गर्ने गर्दछन भन्ने एउटा गतिलो उदाहारण हो ।”

देशलाई हत्या, हिंसा बलत्कारको साम्राज्यको रुपमा बिकास गर्न खोजीएको बताँउदै नेता केसीले कम्युनिष्ट सरकारले झुटको खेती र भ्रमको पुलीन्दाबाट जनतालाई झुक्याउने काम गरेको आरोप लगाउनुभयो ।

नेता केसीले नेकपामा सभामुख र उपसभामुखको भागबण्डा नमिल्दा महिनौ देखि संसदलाई अनिर्णयको बन्दी बनाएर संसदको सर्बोच्चतालाई उपहास गर्ने काम भइरहेको बताउनुभयो ।

व्यक्तित्व निर्माणमा अनुसाशन सबै भन्दा ठुलो जग रहेको बताँउदै नेता केसीले विद्यार्थीहरुको अनुसासनको निर्माण, चरित्रको निर्माण र सामाजीक विधि व्यवहारको निर्माणमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षक र विद्यार्थीहरुको बिचमा आधुनीकिकरण र आधुनीक शिक्षासंगै आधुनीक परम्परा, संस्कार,संस्कृति र हाम्रा मर्यादाहरुलाई स्थापीत गर्न चिन्तीत भएर लाग्नुपर्ने बताँउदै नेता केसीले सदभाव, स्नेह,सदभाव र एकले अर्काको सम्मान गर्ने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंक केसीले आफैले गरेको प्रतिबद्धताबाट पछि हटेर कम्युनिष्ट सरकार ढाँच, छल र कपटको राजनीतिमा लागेको आरोप लगाउनुभयो । कम्युनिष्टहरु बोली एउटा र व्यवहार अकै गर्ने गरेको बताँउदै नेता केसीले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउने भनेर भाषण दिने नुवाकोटका प्रदेशसभा सदस्यहरुको हैसीयत नुवाकोटका जनताले देखेको बताउनुभयो ।
कार्यक्रममा शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालीकाले निजि विद्यालयहरुप्रति समुदायको आर्कषण कम गराउन सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको बिकासमा लागि परेको रहेको बताउनुभयो । अध्यक्ष थापाले गुणस्तरीय र प्रतिष्पर्धी शिक्षामा ध्यान दिन विद्यालयलाई सुझाब दिनुभयो ।

नेपाली काँग्रेसका युवा नेता रमेश महतले नेपाली काँग्रेसको सरकार मार्फत नुवाकोटमा थुप्रै केन्द्रीय योजना र कार्यक्रमहरु परेपनि कम्युनिष्ट सरकारले अहिले धमाधम कटौटी गर्न थालेको बताँउदै नेता महतले राष्ट्रिय योजना काटेर संसदमार्फत आफना अनुकुलका उपभोक्ता समिति खडा गरेर बजेट दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

काँग्रेस सभापति तथा स्व प्रधानमन्त्री शुसिल कोइराला र अर्थमन्त्री डा. रामशरण महतले २०७२ को भुकम्प पछि ३५ दिनमानै अन्तराष्ट्रियस्तरको दाता सम्मेलन गरेर संकलन गरेको रकमले गाँउगाँउमा विद्यालय र भुकम्प पिडितहरुको घरहरु निर्माण भएकोमा गौरब गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसीले गाँउपालीकाले कृषि, पर्यटन र सामुदायीक बिद्यालयको शैक्षिक स्तरको गुणात्मक बिकासमा लागि परेको बताउनुभयो ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले चौतारोबाट सुरु भएको विद्यालय हाल आएर तिन तले सुविधा सम्पन्न भबन निर्माण हुनु खुसीको कुरा रहेको बताँउदै भबनसंगै गुणस्तरीय शिक्षा प्रदान गरेर भबिष्यमा देश चलाउन सक्ने क्षमताबान विद्यार्थीहरु उत्पादन गर्न विद्यालयलाई सुभकामना दिनुभयो ।

विद्यालयमा राजनीति गर्न नहुने बताँउदै अध्यक्ष पाठकले सुविधा सम्पन्न भबन संगै विद्यालयलाई धेरै किसिमको अवसरहरु प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

शिवपुरी गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवालले काँग्रेस नेता अर्जुन नरसिंह केसीको पहलमा सुनखानीमा धेरै बजेटहरु बिनियोजन भएको स्मरण गदै विद्यालयको भबन निर्माण उहाँबाटै हुनु निकै ठुलो अवसर रहेको बताउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलियाले सामुदायीक विद्यालयहरुले एउटा कामको लागि भनेर रकम ल्याएर निजि श्रोतका शिक्षकको तलब खुवाउनुपर्ने बाध्यता रहेको बताँउदै गाँउपालीका र सरकारी निकायबाट प्राप्तहुने त्यस्ता रकमहरु शिक्षक अनुदानकै रुपमा उपलव्ध भएमा सहज हुने बताउनुभयो । विद्यालयले मासिक रुपमा ५४ हजार निजि श्रोतका शिक्षकहरुलाई तलब खुवाउन खर्च हुने बताँउदै प्रधानाध्यापक थपलियाले सिमिति श्रोत साधनका बिच पनि गुणस्तरीय शिक्षा दिन बिद्यालय तल्लीन रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डे, नेपाली काँग्रेस नुवाकोटका नेताहरु गोबिन्द थपलिया, कृष्ण कुइकेल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी, विद्यालयका पुर्व प्रधानाध्यापकहरु यादबराज पाण्डे र श्याम प्रसाद पाण्डे, ग्रामीणदेवी माविका प्रधानाध्यापक गंगालाल डंगोल, पुस्तकालय परिचारीका संगठन (न्यासल) कि अध्यक्ष शारदा शिवाकोटी लगायतले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रमा समयमानै विद्यालयको भबन निर्माण सम्पन्न गर्ने आर जे कन्ट्रक्सनका ठेकेदार सबिन लामालाई प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले सम्मान गर्नुभएको थियो ।

विद्यालयका शिक्षक माधव ठकुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक चन्द्रराज सेढाँईले कार्यक्रममा उपस्थीत सवैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कुम्भेश्वर माध्यामीक विद्यालयमा अध्यापन गराएर अन्यत्र सरुवा भएका शिक्षीका मनिका पाण्डे, शिक्षक जिवन कुमार हितानको बिदाई गरिएको थियो विद्यालयमा आउने शिक्षकहरु शान्ति पाण्डे, मानबहादुर केसी, तथा विद्यालयमा अध्यापन गराइरहनु भएका शिक्षकहरु माधव ठकुरी,उषा गुणी (थपलियाले), बाबुराम पाल शिक्षक सेवा आयोग मार्फत स्थायी नियुक्ती पाउनु भएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक राज पाण्डे र बालबालीकाहरुले स्वागत गित गाएका थिए भने बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »