सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुलमानको छायाँमा : गोकुल,युवराज र बामदेब

शम्भु उप्रेती

यतिखेर पत्र पत्रिका र सामाजिक संजालमा हटकेक बनेको उच्च पदस्थ पात्रहरुको चर्चा र टिकाटिप्पणीले सबैको ध्यानाकर्षण गरेकै छ । चिया गफ र टेलिफोनमा सम्बादको पहीलो रोजाई यिनै महानुभाव हरुकै वरापरी घुम्ने गर्छ ।
यत्रो अबसर पाएर पनि दुर्भाग्यको सिकार हुनु, ७० करोडमा अबैध बार्गेनिङ्ग अडीयो बाहीरीएको आरोपित ,सरकारको महत्वपूर्ण भूमिकामा रहेका खरो,पार्टी पंक्तिमा अग्रणी स्पस्ट बक्ता,आफ्नो चुनावी क्षेत्र काभ्रेमा लोकपृय र बडी भोटबाट बिजयी हुने भाग्यशाली मानिएका एवं दुईतिहाई बहुमत प्राप्त शक्तिशाली प्र.म.ओली ज्यूका नजरमा असल र बिश्वासिलो यधापि बनिरहनु ,को बाबजुत पूर्ब संचार मन्त्री गोकुल जी को आम नागरिक हरुको नजरमा तल्लों स्तरमा निरही अबस्था बिधमान कायमै …
त्यस्तै दुई दुई पटक रास्ट्रिय योजना आयोगको भाईस चान्सलर,नेपाल रास्ट्र बैकको महत्वपूर्ण गभर्नर जस्तो अति बिशेष पदको सफल जीम्बेबारी पुरा गरी रास्ट्रिय सभाको माननिय सभासद बन्ने सौभाग्यशाली ब्याक्ति मुलुकको अर्थ ,संचार मन्त्री एवं सरकारको प्रबक्ता जस्तो महत्वपूर्ण जीम्ब्बारी बहन गर्ने बिद्धान अर्थ ज्ञाता अनुभबी एबं कर्मचारी बर्गकै भाग्यशाली मानिएका लोकपृय र सुशील स्वभाब हुदा हुदै पनि यिनै कुलमान प्रतिको लोकपृयतामा सहमत हुन नसकि पछिल्लो समय ब्यक्त सानो टिप्पणीले बिच्किएका नेपाली जनता र मिडीया कर्मिहरु अबकासको मुखमा प्र म ज्यू को लगातार बिश्वास पात्र बाबजुत अप्रत्याशित अबकास भई मुलुकको हितमा अबिचलित काम गरे बाबजुत पनि चौतर्फी आलोचना मुक्त हुन सकेनन । यिन्लाई के थाहा सामाजिक संजालले कुलमान लाई पदाबधि थप्ने मात्र होईन आफ्नो लामो जीन्दगी भरीको सत्कर्म र उपलब्धिलाई यति छिट्टै माटोमा मिलाईदिने ताकतपनि राख्दोरहेछ ।
उता सामान्य गाउले परीबारमा जन्मेर कैयो हन्डर दुख कस्ट ब्योहोरे बाबजुत पनि सत्कर्म र ब्याक्तिगत फाईदा को पर्बाहा नगरी, कसैको पृय पात्र अन्धभक्ती नदेखाई, आफ्नो बलबुता खुबीले प्राप्त जीम्ब्बारी र कर्तब्य प्रति सजग सरल, हंसमुख स्वभाबका सहृदयी मनका धनि, नेपाली जनताहरुको अति ठुलो पिडा र कठिनाई रुपि लोडसेडीगं हटाउन सफल कार्यकारी निर्देशक कुलमान जी केवल नेताहरुको नजरमा एउटा सामान्य कर्मचारी थिए होला । उन्को सत्कर्म र टिमवर्कको कुसलताले एकाएक लुकेको ब्यार्क्तित्वमा निखार आई चम्कन पुगी लोकसेडीगं मुक्त गरी ‘उज्यालो नेपाल’ मा परीणत गरेरै देखाई अपरीचित नेपाली हरुको समेत माया र समर्थनको बाडी देख्दा अब लाग्दैछ उन्को बिकल्पमा बोल्न र निर्णय गर्न सरकारलाई समेत हम्मेहम्मे र असंभव प्राय मानिदै छ ।
लाग्दैछ साच्चै नेपालमा सत्कर्मिको पक्षमा धर्म नमरेको र पशुपति नाथको शक्ति र प्रभाव रहेछ भन्ने हरुलाई बल पुगेको पाईन्छ । अर्थात हामि जस्ता रास्ट्र सेवकहरु आफ्नो सेवाको मूल्य तलब र पेन्सनमा चुकाए भन्दा बडी केही होईन भनि हैसियत अर्थ्याई नथाक्ने नेताहरुलाई गतिलै झापड र शिक्षा बनेको हुनु पर्छ । पबित्र धार्मिक ग्रन्थ गितामा भनेजस्तै ‘कर्म गर फलको आसा नगर ‘। यो आफै प्राप्त हुन्छ कुनै शक्तिले चाहेर रोक्न सक्दैन । अर्थात नेपाल आमाको पक्षमा काम गर्न ईमानदारी र मेहनति ब्याक्तिको कार्यकुशलता र दृढताकोको मुल्याकन उपयूक्त समयमा जनताले गर्ने रहेछ भन्ने पुस्टी हुदैछ।
अन्त्यमा, नेपालको कम्युनिस्ट आन्दोलनका कर्मठ,तत्कालिन माओबादी र एमाले बिचको समन्बय गराउन मुख्य भूमिकामा निभाई एमाले पार्टीका शक्तिशाली क्याडर बाबजुत माओबादीका सुप्रिम प्रचन्डको समर्थन प्राप्त, प्रम केपि – प्रचन्ड बिचको असमजदारीमा समन्ध सुधार र समस्याको निकासमा अहंम भूमिका खेली पार्टी भीत्रका र कर्मचारी तन्त्रमा समेत तत्कालिन गृह मंत्री हुदा गरेका साहसी काम , माले र एमालेमा छदा हस्ति खेलाडी मानिने गरी चर्चाको शिखरमै रहे बाबजुत आफ्नै कारणले जनाधार गुमाउदा आफ्नो बर्दीया चुनावि क्षेत्रबाट पराजीत भोग्नु पर्यो ।पार्टी भीत्र र बाहीर समेत साहासिक निडर र छुट्टै पहीचान बनाउन सफल राजनैतिक ब्याक्ति जीबनको उत्तरार्धमा प्र म बन्ने अबसर पाए समृद्ध र छिमेकी मुलुकको हाराहारीमा देश लाई पुर्याउने अभीब्यक्ति दिई चर्चाको शिखरमा पुर्याउने नारा प्रति पनि यो पद प्राप्तिकै लागी निरही याचनाको रुपमा बुझ्नेहरुको संख्या बाक्लिदै छन । उनकै समकालीन नेताहरु र आम नेपाली जनताको नजरबाट क्रमस तल झर्नुमा कुलमानको जस्ता प्रशासकहरुको कार्यशैलि प्रतिको मोहकै कारण हो ।
लोकतन्रमा लोकतांत्रिक बिधी र प्रकृयागत छनौट कम्सेकम नेपाली जनताको लोकपृय बन्न राजनैतिमै जानु पर्छ भन्ने भ्रम नपाल्न र कृपा र याचनाबाट प्राप्त राजनैतिक पद भन्दा निस्ठा पुर्बक सेवागर्ने कर्मचारी या नागरिक जीबनको कुनै हिस्सामा रही ख्याति प्राप्त ब्याक्ति कुनै अमुक दलको फेरो पक्डेर मात्र जीम्बेबारीमा पुग्ने र दलको सिमीत ब्याक्तिको स्वबिबेकबाट रास्ट्रिय सभा जस्तो बिशेष प्रयोजन को कोटा हत्याउने र दुरुपयोग गर्ने ढोका लगभग बन्द हुदै गरेको छनक मिलेको अबस्थाको चित्रण गरेको मात्र हो ।जस्लाई लोकतन्र भीत्र मौलाउदै गरेको निरंकुशताको अन्त्य हुदैगरेको संकेतको रुपमा हेरिदै छ।
अब कुलमानको पूनर्नियूक्ति भए अर्को कार्यकाल ,कार्यकारी प्रमुख नभएमा जनताले पक्कै पनि झनै उचाईमा पुर्याउने ऐले अनुमान लगाउन गाहरो परेन ।जसरी पनि दुबैहातमा लड्डू । जनताप्रति निस्ठा र ईमानदारीमा कहील्यै चोट नपुर्याई लगभग एक्लो बृहस्पतिको रुपमा रही निस्ठा, ईमानदारी पूर्बक बेथीति र भ्रस्ट प्रबृतीको लडाईमा जनताको नजरमा अब्बल ठहरीएका प्रहरीबाट सेवानिबृत लोकप्रिय रमेश खरेल हुन या गरीब असाहाय र मेडीकल कलेजहरुको बिकृती सुधार्न जीबनभरी त्याग र समर्पण गर्न नथाक्ने डा. के.सी. हुन वा ईमानपूर्बक निमुखा जनताहरुमा समर्पित भै अलगधारबाट पत्रकारिता गर्ने रबी लामिछीने ! सादा जीबन र उच्च बिचारबाट देशबिदेसको स्वाभीमानि नेपालीहरु र खास युवा हरुलाई स्वदेशमा उस्को क्षमता र खुबीको स्वदेशमा लगाउन तल्लिन डा माहाबीर पुन ज्यू हरुको त्याग र समर्पणको मुल्य अबश्य पनि उपयूक्त समयमा जनताले चुकाउनेमा बिश्वास गर्न सकिने अबस्था सृजना हुदैछ । समाजमा सकारात्मक सोच बाट जनताको सेवा गर्नेहरु हुन या रास्ट्रिय गौरब बडाउन सफल कलाकार पत्रकार खेलाडी कबी साहित्यकार हुन या ब्यबासायीक धर्म निभाई ख्याति प्राप्त औधोगीक र ब्यापारीक क्षेत्रमा होस या मुलुकको हितमा स्वतंत्र रुपमा रास्ट्रिय अबिश्कारको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने बैज्ञानिक या रास्ट्रसेवामा रहदा उल्लेखनीय काम गर्ने सेना प्रहरी या नीजामति क्षेत्रका अबकास प्राप्त दिग्गज हरुको मूल्याकन उपयूक्त समयमा अमुल्य भोटबाट जनताले गर्नेछन । कुनै अमुक पार्टी र नेताजीको फेरो पक्डेर निरंकुशतालाई पक्षपोषण गर्ने घृणित खेल सदाकोलागी बन्द हुनैपर्छ भन्ने आम सचेत नागरिक समाजको दृढ अपेक्षा हो । के को लागी यति धेरै च्याउ उम्रे सरी राजनैतिक आबरणमा पार्टी खोलिदै छन अर्थपूर्ण रहस्य बिस्तारै खुल्दैछ ।
बर्षौ देखी एकछत्र राजनितीमा पकड जमाएका डुगं डगंति गन्हाएको चाल नपाउने जनताहरुको नजरबाच गिरेका पाका भनिने धर्मछाडा दर्जनौ नेताहरु स्वतह युवा जुझारु र आम नेपाली हरुको मन मस्तिष्कमा जमेका सक्षम रास्ट्रिय ब्याक्तित्वहरुले प्रतिस्थापन गर्नेमा संका रहनेछैन । मुलुकको सुखद सपना देख्न आजलाई यती !कोरोना संक्रमणको महामारी बाट बचौ र बचाऔ ।
जयनेपाल ।

भर्खरै

सम्बन्धित खबर

Language »