सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुवेतबाट उद्धार गरिएका नेपाली महिला कामदार बोकेको पहिलाे जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । कुवेतबाट नेपाली महिला कामदार काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलाे जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको पहिलाे जहाज बिहान ४ बजे उडेको थियो । दाेस्राे जहाज भने बिहान ६ बजे उडेको थियाे ।

पहिलाे जहाजमा १ सय ५७ जना नेपाली महिला छन् भने दाेस्राे जहाजमा १ सय ४९ जना नेपाली महिला कामदार रहेका छन् । अहिले पहिलाे जहाज अवरतण गरिसकेकाे छ भने दाेस्राे जहाज केहिबेरपछि आइपुग्नेछ ।

उनीहरूलाई साझा यातायत र नेपाली सेनाकाे गाडिबाट प्रादेशिक हाेल्डिङ क्षेत्र लगिएकाे छ । उनीहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको थियो । कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो ।

कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »