सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुवेतबाट ३ सय महिला लिएर नेपालका लागि पहिलो जहाज उड्यो

काठमाडौँ । कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।

कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो । अहिले ६ बजे हुने उडानको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ ।

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो । जिलिप डिपोर्टटेसनमा ७० जना थिए । उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »