सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुश्मा पहिरो : ८ जनाको शव भेटियो, अझै एक बेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिराे जाँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक र ७ वर्षीया प्रमिशा विक छन् ।

थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छैनन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले बताए ।

‘अहिले पनि पानी परिरहेको छ, त्यसैले खोजी कार्य केही प्रभावित भएको छ’, उनले थपे । ९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ ।

शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो । त्यसक्रममा १० जना पुरिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »