सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार र एम्बुलेन्स सेवा प्रदान


प्रहलाद विश्वकर्मा

नेपालगंज , नेपालगंज नागरिक उड्डयन कार्यालयको आयोजनामा बृहत आपत्कालिन पूर्वअभ्यास नेपालगंज एयरपोटमा सम्पन्न भएको छ ।


विमान दुर्घटना हुदाँ हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न र उपलब्ध उपकरण, मानव श्रोत र आपत्कालमा तत्काल प्रवाह गरिने सेवा एवं सरोकारवाला निकाय परिचालनको पूर्ण अभ्यास गरिएको छ ।


कृत्रिम घटना अभ्यासका लागि नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्रममा घाइतेको उद्धार, स्वास्थ्य उपचार र नेपाल रेडक्रस सोसाइटी बाँकेले प्राथमिक उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराइएको थियो भने अन्य एम्बुलेन्स सेवा प्रदायक निकायहरुले घाइतेलाई अस्पताल पुर्याएका थिए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापम समितिका अध्यक्ष रामबहादुर कुरुवाङले विपद्को प्रकृति अनुसार मानवीय सहायतामा परिचान हुने संयत्र सक्रिय गर्न र यस्तो अभ्यासको माध्यमबाट क्षमता बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।


नेपालगंज एयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले आकस्मिक अवस्थामा हुने दुर्घटनाबाट मानवीय क्षतिलाई न्यून गर्न यस्तो कृत्रिम घटना अभ्यास हामीले गरि राख्नु पर्ने अवश्यक रहेको जानकारी दिनु भयो ।


दुर्घटनामा परी घाइते हुन पुगेका व्यक्तिलाई नेपाल आर्मीको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारकहरुले घाइतेलाई प्राथमिक उपचार सेवा प्रदान गर्दे अस्पतालसम्म पुर्याए थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »