सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृषि बीमा सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा

नेपालगंज ,नेपाल रेडक्रस सोसाइटी बाँके र विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालित मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमको आयोजनामा कृषि बीमा सम्बन्धी अभिमुखीकरण डुडुवा गाउँपालिका १ होलियामा सम्पन्न भएको छ ।

विपद्को बेला कृषि उत्पादन र पशुधनमा धेरै क्षति हुने भएकोले उक्त क्षतिबाट कृषकलाई धेरै हानि हुने हुँदा जोखिमलाई कम गर्न कृषकहरुले बीमा गर्नु पर्छ भने जनचेतना गराउने अभिप्रायले अभिमुखीकरण आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बीमा गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत रकम गाउँपालिकाबाट व्यहोरने बताउनु भयो ।

डुडुवा गाउँपालिका वडा नं.१ होलियाका अध्यक्ष पटेश्वरी कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि शाखा प्रमुख शुनिलकुमार शर्मा, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शाखा प्रमुख नवीन शर्मा, नेरेसो बेतहनी उपशाखाका सभापति सोहनलाल यादव, वडा सदस्यहरु र स्थानीय बासीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरु मध्ये २० प्रतिशतले बीमा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »