सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह,मन्त्रालयले अनुसन्धानका लागि खटायो टोली

काठमाडौं / १३ असार
नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।

भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहान नआएको, झरी सुरु भैसकेकाले सलह नआउने कार्यदलको निश्कर्ष थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ ।

‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

अफ्रिकी मुलुकमा ठूलो सङ्कटका रुपमा लिइएको सहल छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखापरेका कारण नेपालमा पनि यो कीराको प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो । ठूलो समूहमा आउने यो कीराले पूरै बालीनाली तथा बोट बिरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »