सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृषि सेवा बारे निगरानी


नेपालगञ्ज , सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्धारा बाँकेको डुडुवा गाउँपालिकाको कृषि सेवाको स्थलगत निगरानी गरिएको छ ।


सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्ण मुरारी भट्ट नेतृत्वको टोलीले शुक्रबार कृषि शाखामा पुगेर स्थलगत अवलोकनका साथै कोरोना (कोभीड १९)को कारण कृषि क्षेत्रमा परेको प्रभाव बारे अध्यन गरेको थियो ।

डुडुवा गाउँपालिका कृषि शाखा प्रमुख सुशीलराज शर्मासँग भेट गरि निगरानीका मापदण्डसहितको फाराम पनि भरिएको छ ।

प्राविधीक सहायक शर्मासँग कृषि सेवाको पहुँच, नीती निर्माणको अवस्था, लक्षित वर्गका कार्यक्रम, वजेट वीनीयोजन, सूचना सार्वजनिकीकरण लगायतका विषयमा जानकारी लिइएको थियो ।

सो क्रममा डुडुवा गाउँपालिकाकाकी कार्यपालिका सदस्य लीलावती यादवसँग पनि आवश्यक सूचना लिइनुका साथै छलफल गरिएको थियो ।
अनुगमनका क्रममा कृषि शाखाको जनशक्ति, आवश्यक कानून, नीतीको अभाव र कार्यक्रम र वजेटको पूर्ण र सहज कार्यान्वयनमा अनेकन चुनौती रहेको पाइएको केन्द्रका उपाध्यक्ष एवं निगरानीकर्ता भट्टले जानकारी दिनु भयो ।

तथापी विगतको तुलनामा कृषि सेवा प्रवाह सुधारोन्मुख रहेको भने उहाँले बताउनु भयो । भटट्काअनुसार विशेष गरि कृषि सेवा प्रवाह र कृषि उत्पादनमा दिर्घकालीन पुर्वाधारका कार्यहरु भइरहेका छन् ।

निगरानी समूहमा फातिमा फाउन्डेशनकी मैमुना सिद्धीकी, कृषक अगुवा धु्रवराज शर्मासहीत पत्रकारहरु पनि हुनु हुन्थ्यो ।

भर्खरै

सम्बन्धित खबर

Language »