सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव,

काठमाडौँ। नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।

स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ ।

ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

नेकपा ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।

मंगलबार दिउँसो पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ११सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »