सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केरुङ च्छो हिमताल फुट्न सक्‍ने चेतावनी,सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयको सचेत हुन अनुराेध

काठमाडौँ। चीनको खासा क्षेत्रमा अवस्थित केरुङ च्छो हिमताल फुट्न सक्‍ने चेतावनी दिइएको छ । अविरल वर्षासँगै उक्त हिमताल भरिएको र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

चिनियाँ पक्षले हिमताल भरिएको र फुट्ने सक्‍ने चेतावनी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आग्रह गरेका छन् ।

न्यालम क्षेत्रमा अत्याधिक रुपमा वर्षा भएपछि उक्त ताल भरिएको चिनियाँ पक्षले जानकारी गराएको थियो । ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्‍ने र ठूलो क्षति पुर्‍याउन सक्‍ने सम्भावना देखिएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ । प्रजिअ ढकालले सम्भावित बाढीबाट बच्नका आवश्यक पूर्वी तयारी अपाउन पनि भनेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »