सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के गायक राजु लामाको नामबाट चर्चा बटुल्न सफल होला त आस्मान वाइवा ?

काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारको प्रमुख आतित्थ्यतामा कलाकार आस्मान वाइवा र अमिता दोङद्वारा अभिनित “तिम्रो साथ बिना” म्युजिक भिडियो सार्वजनिक भएको छ ।


मंगोलियन हार्टक गायक राजु लामा र गायिका निर्मला घिसिङको सुमधुर आवाज रहेको यो म्युजिक भिडियो प्रेमसँग आधारित रहेका छन् ।

कलाकार आस्मान वाइवा यो भन्दा अगाडी पनि धेरै मोडलहरुसँग नाम जोडिएर तामाङ सांगीतिक क्षेत्रमा चर्चा बटुली रहन्थे । यो कुरा त “तिम्रो साथ बिना” म्युजिक भिडियोबाट भने स्पष्ट देखिन्छ । अब प्रश्न उठेको छ के यो प्रेमको कथा समाजले रुचाउलान् त ? त्यो हेर्न नै बाँकी नै छ ।


अभिनय कस्तो छ त ?


कलाकार आस्मान वाइवा नाम चलेको पुरानो कलाकार नै हो । उनले धेरै नेपाली चलचित्रहरुमा पनि अभिनय गरिसकेका छन् । केही म्युजिक भिडियोहरुमा मुख्य भुमिकामा अभिनय गरिसकेको अनुभवी कलाकार हो तर यो म्युजिक भिडियो हेर्दा केही कमीकमजोरी केलाउने ठाउँ दिएको हो कि ? भन्ने प्रश्न उठेको छ । कलाकार आस्मान वाइवालाइ साथ दिने वा म्युजिक भिडियोमा उनको प्रेमीकाको रुपमा साथ दिएकी मोडल अमिता दोङको भने प्रशंसा योग्य नै अभिनय रहेको छ ।

हुन त कोरियोग्राफर अजय स्याङ्तानले यो म्युजिक भिडियोलाई सुनमा सुनौलो बनाउन प्रयास भने गरेको देखिन्छ तर गायक राजु लामा र गायिका निर्मला घिसिङको आवाजले शब्दलाई जति सुन्दरता बनाएको छ त्यसलाई कलाकार आस्मान वाइवाले न्याय दिलाउन नसकेको हो कि भन्ने म्युजिक भिडियोमा देख्न सकिन्छ ।

कुमार स्याङबाको शब्द रचना रहेको यो गीतमा संगीत भने निमा दोङको रहेको छ ।

गीतको शब्द, संगीत अनि सुमधुर आवाजले सजिएको सुन्दरतामा छायाङ्कन पक्ष चुकेको हो या कोरियोग्राफर तथा कलाकार आस्मान वाइवा । यसको मूल्यांकन त दर्शकले गर्छन् नै ।


के राजु लामा को नामबाट चर्चा बटुल्न सफल होला त ? यो गीत तथा म्युजिक भिडियोले ?

संगीतिक क्षेत्रमा चलेको कलाकार वा गायक-गायिकाको नाम जोडेर म्युजिक भिडियो निर्माण गर्न सकेमा चर्चा बटुल्न सकिन्छ कि भन्ने भ्रम धेरै कलाकार वा व्यक्तिमा रहेको पाईन्छ । अब कलाकार आस्मान वाइवाले राजु लामासँग जोडेर चर्चा बटुल्न सकिन्छ या सकिँदैन त्यो भोलिको दिनमा परिणामले देखाउने नै छन् ।

कलाकारको सशक्त अभिनयमा पनि भर पर्ने कुरा हो ।


तामाङ सांगीतिक क्षेत्रमा मात्र यो समस्या होइन । नेपाली सांगीतिक क्षेत्रको नै समस्या हो । जे होस् कलाकार आस्मान वाइवा र मोडल अमिता दोङलाई यो म्युजिक भिडियोबाट चर्चाको शिखरमा पुग्न सफल होस् हाम्रो शुभकामना छ बाँकी आम दर्शकको हातमा ।

भर्खरै

सम्बन्धित खबर

Language »