सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के राजेश हमाल महानायक नै हुन् त ?

काठमाडौं / असार २७
राजेश हमलको बारेमा जे पायो त्यै बोलेको भन्दै यतिखेर दीपाश्री निरौला बिबादमा परेकी छिन। प्राइम टाइम्स टेलिभिजमा अन्तर्वार्ताका क्रममा राजेश हमाललाई कुन आधारमा महानायक मान्ने ? भन्ने प्रश्नमा दीपाश्रीले महानायक मान्ने आधार के भनेर जिज्ञासा राखेकै कारण उनि यतिखेर बिबादमा परेकी हुन्।

उनले राखेको जिज्ञासा राम्रै थियो। महानायक मान्ने आधार के भनेर जिज्ञासा राख्नु उनको अधिकार पनि थियो। तर, नेपाली चलचित्रप्रेमीहरूलाई मन परेन। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दीपाश्रीले माफी त मागिन्। तर, हमालका समर्थकले माफी स्वीकार गरेका छैनन्।

यतिबेला दीपाश्रीमाथि निकै तल्लो स्तरको गाली गलौज आइरहेका छन् कि जो परिवारमा सबैजनासँगै बसेर पढ्न वा हेर्न सक्ने अवस्थाका छैनन्। जसका कारण यतिबेला उनी तनावमा छिन्। दीपाश्रीको समर्थन गर्नेहरूमाथि पनि हमालका समर्थक जाइलाग्ने गरेका छन्। राजेस हमालकै चलचित्रबाट डेब्यू गर्दै दीपाश्रीले आफ्नो करिअरको शुरूआत गरेकी थिइन्।

सारा चलचित्रप्रेमीहरुले महानायक नै भनेर सम्मान दिएका राजेश हमाल महानायक हुन् वा होइनन् भनेर केही मान्छेहरुले अहिले आएर बहस चलाएका छन् । चलचित्र क्षेत्रकै उनका कतिपय समकालिन वा कतिपय निर्देशकहरुले भनेर मात्रै राजेश हमाल महानायक हुने नत्र नहुने हो र ?

सामाजिक सञ्जाल र मिडियाहरुमा लाखौ नेपालीहरुले राजेश हमाल नै महानायक हुन् भनेर प्रतिकृया जनाएका छन् । त्यही प्रतिक्रिया र फ्यान फलोअरहरुको जवाफ नै काफी छ राजेश महानायक नै हुन् । प्रतिक्रिया जनाउने ९५ प्रतिशत मान्छेहरुले नै महानायक राजेश हमाल नै हुन् भनिसकेपछी उनलाई अरु कसले महानायकको पगरी गुथाउनु पर्ला ? कुनै अमुक निर्देशक, कलाकार वा पत्रकारले महानायक भनेर हमाल महानायक हुने होइन्न । नायक हमाललाई त सारा नेपालीले महानायक भनिदिएका हुन् । उनको योगदानलाई कदर गरेर उनलाई त्यो सम्मान वा उपमा दिएका हुन् ।

खासगरी नेपाली सिनेमा उद्योगको जग बसाउन महत्वपूर्ण योगदान राखेका हमालको समकालिनहरु उनी भन्दा निकै कमजोर हुन् अभिनयमा । त्यही भएर त त्यो बेला सबैले उनैलाई खोज्थे । फेरी उनी जत्तिको अनुशाशित, दयावान, शिक्षित, अभिनयमा पोख्त, विदेशी कलाकारहरुसँग पनि सम्बन्ध राख्न सक्ने र उनले जति सिने क्षेत्रमा लगातार समय विताएका अरु नायकहरु छैनन् । कतिपय उनका वरपर आउन खोज्ने भनिएकाहरु क्यारेक्टरलेश एवं अनुशासनहीन सावित भएका छन् । के नेपाली फिल्म उद्योगले त्यस्ता अनुशासनहीनलाई महानायक भन्छ त ?

महानायक राजेश हमाल नेपाली सिने जगतका गर्भ गर्न लायक पात्र हुन् । कुनै विवादमा नपरेका र नेपाली सिने जगतलाई माथी उठाउन निकै मिहिनत गरेका महानायक हमाल विरुद्ध विष बमन गर्नु नेपाली कलाकारिता जगतकै लागि लज्जाको विषय हो ।

भर्खरै

सम्बन्धित खबर

Language »