सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के रोनाल्डोले जित्लान् त गोल्डेन बुट ? ३४ गोल सहित लेवान्डोस्की र सिरो अग्रस्थानमा

एजेन्सी; इटालियन सिरी ए बाहेक युरोपका सम्पूर्ण शीर्ष फुटबल लिग सकिसकेका छन् । युरोपकै शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डेन बुटको दौडमा हाल तीन खेलाडी रोवर्ट लेवान्डोस्की, सिरो इम्मोबिले र क्रिस्टियानो रोनाल्डो बीच चर्को प्रतिस्पर्धा छ । यस अघि बार्यन म्युनिकलाई जर्मन लिग जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेको पोलिस खेलाडी रोवर्ट लेवान्डिस्की ३४ गोल सहित गोल्डेन बुट दौडमा अगाडि थिए । यससँगै उनले एकै सिजनमा जर्मन लिगमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमानी राखेका थिए । तर, हालको अवस्थामा उनको गोल्डेन बुट गोल संख्या अग्रतामा भने केही धक्का पुग्न गएको छ ।

इटालियन सिरी ए अन्तर्गत अन्तिम दुई खेल बाँकी रहँदा लाजियोका सिरो इम्मोबिले ३४ गोल सहित शीर्ष स्थानमा छ र उनको यो गोल संख्या लेवान्डोस्कीसँग बराबरी हो । अन्तिम दुई खेल बाँकी रहेको यस अवस्थामा सिरोले बाँकी खेलमा थप गोल संख्या बढाएर सर्वाधिक गोलकर्ता बन्न सके गोल्डेन बुट हात पार्नेछन् । यिनी दुबै जनालाई युरोपियन गोल्डेन बुट दौडमा च्याम्पियन युभेन्टसका पोर्चुगिज् सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पछ्याईरहेका छन् । अन्तिम दुई खेल खेल्न बाँकी उनले लिगमा ३१ गोल गरेका छन् । हालको अवस्थामा रोनाल्डोले गोल्डेन बुट जित्ने संभावना कम छ । के गोल मेसिन रोनाल्डोले बाँकी खेलमा आफ्नो गोल संख्या बढाएर शीर्ष गोलकर्ता बन्न सक्लान् त ? त्यो भने आगामी बाँकी दुई खेलको नतिजाले बताउनेछ ।

यता, २५ गोल सहित स्पेनिस लिगका शीर्ष गोलकर्ता बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी भने गोल्डेन बुट उपाधी होड बाहिर छन् । उनले पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »