सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के साँच्चिके बैशाख ४ गते नायक कुमार माेक्तानसँग नायिका सीता थिङकाे विवाह हाेला त ?

काठमाडौँ । नायक कुमार मोक्तान र नायिका सीता थिङ बीचको संबन्धलाई लिएर तामाङ समुदायमा सबैलाई चासोको विषय भएको छ । धेरैको प्रश्न छ, संबन्ध के हो ? दोर्जे डन ब्याक अगेनको प्रचार प्रसारको क्रममा सारा खबरसँगको संवादमा नायिका सीता थिङले संबन्धकोबारेमा खुलाएकी छिन् ।

लकडाउनको कारणले नेपाली चलचित्र बजार सुनसान छन् । केही सहज वातावरण सृजना भएता पनि चलचित्र हेर्ने दर्शक नहोला कि भन्ने डरले हलवालाहरुले चलचित्र प्रदर्शनको जिम्मा लिन सकेको छैन तर तामाङ चलचित्रकर्मीहरुले भने विशेष च्यारिटी सो गरेर तामाङ चलचित्र प्रदर्शन गर्ने गरेको छ । यसरी नै २०७८ बैशाख ४ गते राष्ट्रिय नाचघर जमलमा तामाङ चलचित्र दोर्जे डन विशेष कार्यक्रम गरेर प्रिमियर सो देखाउने तयारीमा निर्मात्री भगवती मोक्तान लागि परेका छन् । केही समय अगाडी बारही हल भक्तपुरमा तामाङ चलचित्र तिङला पुजु प्रदर्शन गरेको थियो ।

नायक कुमार मोक्तान, नायिका सीता थिङ, नव नायिका सुजिना गोलेको अभिनय रहेको तामाङ चलचित्र “दोर्जे डन ब्याक अगेन” नारी प्रदान चलचित्र रहेको निर्मात्री भगवती मोक्तान र नायिका सीता थिङले सारा खबरलाई जानकारी दिएको छ । यो चलचित्रलाई नायिका सीता थिङले नै निर्देशन गरेको हो त्यसकारणले पनि यो चलचित्र कस्तो निर्माण भएको होला भन्ने खुलदुली हुनु स्वभाविकता नै हो ।

बैशाख ४ गते प्रदर्शन हुने तामाङ चलचित्र “दोर्जे डन ब्याक अगेन”को बारेमा संवाद गर्नका लागि नायिका सीता थिङ र नायक कुमार मोक्तानलाई सारा खबरको स्टुडियोमा निम्तो दिएको थियो । निम्तोलाई स्वीकार गरेर आएकी नायिका तथा निर्देशक सीता थिङले नारी प्रदान चलचित्र भएको बताएकी हुन् ।

संवादकै क्रममा नायक कुमार मोक्तानसँगको संबन्ध के हो भनेर सोधेको प्रश्नमा उहाँ भन्नु हुन्छ । “हामी दुईको संबन्ध भनेको साथीको संबन्ध मात्र हो । हामी सँगै बसेका छौ तर हरेक मान्छेले सोचे जस्तो संबन्ध हामी विचमा छैन ।” तर विवाह कहिले गर्ने ? भनेर सोधेको प्रश्नमा “विवाह गर्नु नै पर्छ । त्यसैले मन मिलेको मान्छे पाएमा बैशाख ४ गते नै विवाह गर्ने हो तर बेहुलो कुमार मोक्तान नै पनि हुन सक्छ ।”
यो विवाहकोबारेमा नायक कुमार मोक्तानलाई प्रश्न गर्दा उहाँ मौन बसेका थिए तर लिभिङ टुगेदरकोबारमो भने मौन स्वीकृती दिएको थियो ।

बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »