सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलालीमा आरडीटी नेगेटिभ आएपछि घर पठाइएका युवकको मृत्यु

कैलाली / ९ असार

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका र क्वारेन्टिनमा बसेर जेठ २८ मा घर गएका थिए ।घर पुगेको भण्डै २ सातापछि उनको मृत्यु भएको हो । मृत्यको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकमा कोरोना परीक्षण गर्न नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताए ।

उनको रिपोर्ट नआउँदासम्म शव घरमै रहने प्रहरीले जनाएको छ । क्वारेन्टिनमा र्‍यापिड टेस्ट विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए ।

कैलालीमा दुई दिनमा क्वारेन्टिनबाट घर गएका २ जनाको मृत्यु भइसकेको छ । सोमबार पनि कैलालीको लम्कीचुहा नगरपालिका ७ मा क्वारेन्टिनबाट घर पुगेका ३६ बर्षीय युवकको मृत्यु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »