सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलाश खड्काद्वारा बोर्डबाट १० दिनमै राजीनामा

काठमाडौं / ०१ साउन।
वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले राजीनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव समक्ष बिहीबार राजीनामा दिएका हुन्।

गत असार १९ गते बसेको बोर्डको बैठकले खड्कालाई बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

तर खड्कालाई नियुक्त गरिएपछि चौतर्फी विरोध भएको थियो। विरोधकै कारण श्रम मन्त्री यादवकै सल्लाहमा खड्काले राजीनामा दिएका हुन्।

श्रममन्त्री यादवले समेत खड्काले राजीनामा दिएका पुष्टि गरेका छन्।

खड्कालाई बोर्ड सदस्यमा नियुक्त गरेलगत्तै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि श्रममन्त्री यादव अप्ठेरोमा परेका थिए।

दुई वर्षका लागि नियुक्त भएका खड्काले १० दिनमै राजीनामा दिएका हुन्। अर्का सदस्य म्यानपावर व्यवसायी हेम गुरुङले पनि बोर्डको सदस्य बस्न असमर्थता जनाएका थिए।

यसअघिका श्रममन्त्री गोकर्ण बिष्टले बायोमेट्रिक मार्फत खड्काले श्रमिकमाथी ठगी गरेको भन्दै मुद्दा चलाएका थिए। तर अदालतले सरकारको दाबीअनुसार ठगी ठहर नभएको भन्दै सफाइ दिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »