सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिडका विरामीलाई सहुलियतमा खाना खुवाउँदै – नेकपा एमाले बाँके

नेपालगञ्ज, नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य सुरुवात गरेको छ ।

कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य सुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । हरेक दिन विहान र बेलुका ३० रुपियाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ ।

खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट चारलाख ६८ हजार रुपियाँ संकलन गरेको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपियाँ सहयोग गर्नुभएको छ । अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिनुभयो ।

अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले ब्यवस्थापन गरिरहेका छन् ।

सुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार,नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटवहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल,युवा संघका महासचिव दिपक जिएम, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेड लगायतको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »