सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड–१९ को रोकथाम र नियन्त्रणबारे स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणबारे स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड–१९ नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड–१९ नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय तहको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गर्नुभयो ।

छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोभिड–१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याबारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताउनुभयो । उहाँले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले कोरोना भाइरस विरुद्ध स्थानीय सरकारले देखाएको सक्रियतालाई प्रधानमन्त्री ओलीले प्रशंसा गरेको हामी सङ्गकाे कुराकानिमा जानकारी दिनुभयो ।

नगरपालिका संघका अध्यक्ष व्याञ्जुले त्यसक्रममा प्रधानमन्त्रीले बजेटमा केन्द्रित रहेर विभिन्न सुझावहरुसहितको ध्यानाकर्षणपत्र समेत प्रधानमन्त्री ओलीलाई दिनुभएको थियो ।

छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दास ,नगरपालिका महासघ का अध्यक्ष असाेक व्यान्जु, गाउपालिका महासघ का अध्यक्ष हाेम नारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »