सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण

प्रहलाद विश्वकर्मा

नेपालगञ्ज । स्वीस रेडक्रस र नेपाल रेडक्रस सोसाइटी सामुदायिक सशक्तिकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको साझेदारीमा बाँके जिल्ला शाखामा संचालन भएको कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण मंगलवार नेपालगंजमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमद्वारा बाँके जिल्लामा संचालित क्वारेन्टाइनहरुमा सरसफाई व्यवस्थापन, डिगनिटी किट वितरण र स्वयंसेवक परिचालन जस्ता गतिविधिहरु संचालन हुने बताइएको छ ।

नेरेसो बाँके शाखााका सभापति गोवर्धन सिंह सम्झनाले कोभिड–१९ को संक्रमण सुरु हुनसाथ नेरेसो बाँकेले मानवीय सेवाका लागि जिल्लामा १०४ जना स्वयंसेवक परिचालन गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेरेसो बाँके शाखा अन्तर्गत रहेको स्वास्थ्य समिति सयोजक राजकुमार वर्मा, विपद् व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी लगायतले सुझाव राख्नु भएको थियो भने अभिमुखीकरणको सहजीकरण नेरेसो सि.इं.एच.पी.कार्यक्रम अधिकृत शंकर भट्टराईले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »