सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड–१९ पूर्वतयारी तथा प्रतिकाय कार्यक्रम कार्यान्वयका लागि समन्वय बैठक

प्रहलाद विश्वकर्मा

नेपालगंज, नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको संयुक्त साझेदारीमा नरैनापुर गाउँपालिकामा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्यको सम्बन्धमा समन्वय बैठक सोमवार नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमद्वारा सहयोगी कार्यदल गठन र परिचालन, भारत लगायत अन्य देशबाट नरैनापुर गाउँपालिकामा आएका व्यक्तिहरुको अभिलेख व्यवस्थापन, क्वारेन्टाइनमा खानेपानी तथा हातधुने स्थल स्थापना र कोभिड–१९ का कारण संक्रमित परिवारका बालबालिकालाई केही सहयोग गर्ने कुरा बैठकमा जानकारी गराइएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले नेपाल रेडक्रसले विगतका वर्ष देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै यस कार्यक्रमबाट निर्धारित गतिविधिहरु संचालन गर्नमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

समन्वय बैठकमा नरैनापुर गाउँपालिकाका विपद् व्यवस्थापनको फोकल पर्सन लक्ष्मीकान्त मिश्राले क्वारेन्टाइनमा रहेका कारोनाको संकास्पद व्यक्तिहरुको जाँच परीक्षणकोे लागि लिएको स्वाब परीक्षणको नतिजा ७ दिन पुग्दा पनि नआउने गरेको गुनासो गर्नु भयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु, योजना अनुगमन तथा प्रशासन अधिकृत विजयकुमार यादव, नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका सभापति यज्ञनारायण शर्मा, उपसभापति शालिकराम साहु, नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायत शिक्षक र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »