सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड १९ प्रतिकार्य स्वास्थ्य सामग्री हस्तान्तरण


नेपालगञ्ज , नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वय एवं जर्मन दुतावाससँगको साझेदारीमा संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रमबाट ब्यक्तिगत सुरक्षासँग सम्बन्धित स्वास्थ्य सामग्री आज नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई हस्तान्तरण गरियो ।


नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा स्वास्थ्य समिति संयोजक राजकुमार बर्माले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि उपमहानगरपालिकाले गरेको पहल सह्रानीय रहेको र नेपाल रेडक्रस सोसाइटी बाँकेसँगको यो सहकार्यले रोगको रोकथाम तथा नियन्त्रणको क्षेत्रमा थप बल पुर्याउने बताउनु भयो ।

साथै रेडक्रससँगको सहकार्यको लागि नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद पनि दिनुभयो ।
सामग्री ग्रहण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाल रेडक्रस सोसाइटी र उपमहानगरपालिकाले संयुक्त रुपमा यो कार्यक्रम प्रस्ताव गरेको र हाम्रो संयुक्त प्रस्तावलाई जर्मन दुतावासले सहयोग गरेकोमा धन्यवाद दिदै नेपाल रेडक्रस सोसाइटी बाँके र उपमहानगरपालिकाको यो सहकार्यले महामारीको रोकथाम तथा नियन्त्रणका गतिबिधिहरु कार्यान्वयनमा सहयोगी हुने बताउनु भयो ।

उक्त हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सामग्रीको प्राविधिक महत्व र प्रयोगको सुचिश्चितताको बारेमा जानकारी गराउनु भयो ।
वितरण गरिएको सामग्रीहरुमा १०० बोतल ह्याण्ड स्यानीटाईजर, २००० थान सर्जिकल मास्क र १००० थान ग्लोब्स रहेको छ ।

थप सामग्री उपमहानगरपालिकासँगको समन्वयमा क्रमशः उपलब्ध गराउदै जाने योजना रहेको नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यालय प्रमुख वरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले जानकारी गराउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »