सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभीड १९ महामारी प्रकोप र स्थानीय सरकारलाई सहयोग


देवानन्द ठाकुर

तौलिहवा, कपिलवस्तु , विश्वभर फैलिएको माहामारी प्रकोप कोभिड १९ को प्रत्यक्षप्रभावकपिलवस्तु जिल्लालाई परेको छ ।

स्वास्थ्यकार्यालयकपिलवस्तुको प्रकाशित तथ्यांक अनुसार जिल्लाको दशवटै स्थानियतहअनिसाठ्ठी भन्दा बढि वडाहरुमा झण्डै तिन सय पन्चानव्वे भन्दा बढिमा कोभीड १९ को संक्रमण देखा परीसकेको छ ।
जिल्ला भरीकादुई सय भन्दा बढि क्वारेन्टाईन स्थलमाबाह्यमूलूकमूलतःभारतबाट आएकाहरुको व्यवस्थापनगर्दै स्वास्थ्यजांचपश्चात घर फर्काइने गरेको छ र अझै संक्रमणको गति बढीरहेको मूलूकभारतबाट जिल्लाको खुलासिमानाहुंदै आउने क्रम निरन्तर छ ।


यो नयां मानवजातिकै चूनौतिको रुपमा रहेको माहामारी प्रकोप जन्य रोगले जिल्लाामा सवैमा जोखीम बढि रहेको र धेरै पैmलिसकेको हुनाले सवैमा यस प्रतिको भय, डर त्रासदीभईरहेको समयमा सवैमा यसवारे जनचेतनाजगाउनु जरुरी छ ।

मूलतः बर्तमान लकडाउनको समयमाधेरैजना एकै स्थानमाजम्मागरेरनीजागरण अभियान गर्न नमिल्ने रजोखीमका कारण सचेतानकरण तालिम,गोष्ठि पनी गर्न सम्भव नभईरहेको शन्दर्भमा जिल्लामाकार्यरत स्वास्थ्य र पोषणको क्षेत्रमाविगतवर्षहरुदेखीने कार्यरत अमेरीकी सहयोग नियोगको आर्थिक सहयोगमा सञ्चालितसुआहारा दोस्रो कार्यक्रमको स्थानिय साझेदार गैर सरकारी संस्थाकालिका स्वावलम्बन सामाजकि केन्द्र तौलिहवाले आफना स्थानिय स्तरका करीवउनान्चास जना फिल्ड सुपरभाईजर र सामुदायीकपोषण सहजकर्ताहरुमार्फत घरबाटै सुरक्षीत रहीजिल्ला भरीका साठठी हजार भन्दा बढी घरधुरीहरुको प्रोफाईल मोवाईल कमकेयर सफ्टवयर प्रणालिमाअध्यावधिक गरीएको फोन नम्वरको आधारमा टेलिफोन मार्फत परामर्श गर्ने गरीएको कुरा संस्थाकाकार्यकार िनिर्देशकअर्जुन थापाले वताउनुभएको छ ।


सुआहारा दोस्रो कार्यक्रम केन्द्रीयकार्यालय र स्वास्थ्य सेवाविभागपरीवार स्वास्थ्यमाहाशाखा र राष्ट्रीय स्वास्थ्यशिक्षा, सुचनातथासञ्चार केन्द्र को समन्वयमातयार गरीएको फिल्ड कर्मचारीहरुकालागि घरभेट तथाफोन मार्फत कोरोना भाईरस रोग (कोभिड १९) सम्बन्धि परामर्श गर्न सहयोगीपुस्तिकाअनुसार गर्ने गरीएको जानकारी कालिकाका फिल्ड संयोजक कृष्ण राजशर्माले वताउनु भएको छ ।

सवैले आआफ्नो कार्य क्षेत्र अन्गर्तगतका घर धुरीमा दैनिक सरदर १० घरधुरीलाई फोन बाट परामशृ गर्ने गरेको, परामर्शको क्रममा कोभिड १९ रोग सम्बन्धि, गर्भवति, सुत्केर्री र सोको घर परीवारलाई, स्तनपान गराईरहेको र स्तनपान संंगै थपखानाखुवाईरहेका आमातथा सोका परीवारलाई, विदेशबाट आएका परविारलाई गलिडरा (न्ब्ीक्ष्म्च्ब्) बिधि वाट परामर्श गर्ने गरेको साथ साथै खानेपानितथा सरसफाई, घरायशीखाद्यन्नउत्पादन, लैंगीक समानतातथा सामाजकि समावेशीकरण र मनो सामाजकि समस्या सम्बन्धि परामशृ समेत दिने गरेको कुरा कपिलवस्तु नगरपालिकाअन्तर्गत कार्यरत फिल्ड सुपरभाईजर दिव्याकार्किले सुनाउनु भयो ।

टेलिफोनबाट कोभिड रोग र त्यसवाट जोगीनअपनाउनुपर्ने उपायहरु, आमातथावच्चाको स्याहार संस्थागत सुत्केरी एबं सरसफाइको विषयमा परामर्श पायर यस सम्बन्धमा परीवार अनि समुदायमा फाइृदा पुगेको कुरा शिव राजन पावडा नं. १ भलुही वस्ने नारायणी खड्का कृष्णनगर नगरापालिका वडा नम्वर ३ चैपुरवावा सीन्दा गर्भवती महिला मान्ती कोहारले वताउनु भयो ।


२६ चैत्र २०७७ देखी शुरु गरेको टेलिफोन घरधुरी परामर्श हाल सम्म जिल्ला भरी सोह् हजार नौ सय सन्तानब्बे घरधुरीहरुलाई गरीसकेकोमा जसमध्ये सत्र सय छ घरधुरी गर्भवतिभएकामहिला र परीवारहरु अनिछ हजार सात सय बहत्तर जनादुई बर्षमुनीकावालवालीकाभएकाआमातथा घरपरीवारहरु लाभान्वितभएका, साथै सोहीमध्येका दुइ सय चौध जनाभारतबाट आएकाव्यक्तीहरुलाई विदेशबाट आएपछी ध्यानदिनुपर्ने विषयमा र छैसठ्ठी जना ज्योरो आएकाव्यक्तीहरुलाई नजिकको स्वास्थ्य संस्थामागइउपचार सेवालिन रीफर गरी सेवामापहुंच बढेकोे, स्थानीय छ वटा एफएमहरुबाट साप्ताहिकरुपमाप्रत्येक आइृतबार विहानी७ देखी ८ वजे भन्छीन आमाकार्यक्रममार्फत पोषण र कोभिड वारे सचेतनामूलककार्यक्रम नेपाली र अवधीभाषामाप्रशाराण गर्ने गरेको, देनीकपोषण, प्रजनन स्वास्थ्य र सरसफाइ र कोभिडको सचेतनामूलकजिंगलहरु सोही रेडीयोहरुवाट दैनीक महत्वपूर्ण समयमाप्रशाराण गरी समुदायप्रतिजिम्मेवार वन्नप्रयाश गरेको जानकारी संस्थाकाकार्यकारी निर्देशकथापाले गराउनु भएको छ ।

सवै लकडाउन गरीएको समय, भयत्रास छायको समयमाआफुपनी सुरक्षीत रही समुदायलाई नया ंप्रविधिअपनाई टेलीफोन परामर्श गर्ने र मोवाईलएसएमएस पठाइ कोभिडबाट सुरक्षीत रहन रं १००० दिनअवधिका को स्वास्थ्य,पोषण वारेर्मा सहयोग जागरण जगाउनुको साथै यस वारेमा साप्ताहकि रुपमा स्थानीयतहको स्वास्थ्यशाखामाप्रगतिविवरण उपलब्ध गराउने गरेर राम्रो सहयोग पुरयाएको कुरा कपिलवस्तु नगरपालिका स्वास्थ्यशाखाप्रमुख उमेश गुप्ताले वताउनु भएको छ ।

यो संकट व्यवस्थापन र पार लगाउन सवै क्षेत्रको सहकार्य र भूमकिा अपरीहार्य आजको आवश्यकताभएको शन्दर्भमा सवैको हातेमालो सरकार संग जरुरी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »