सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरियाको लाहुरे हुँ भन्दै सोल्टिनी फकाउँदै गायक ज्ञान लामा

तामाङ गीत संगीत बजारमा गायक ज्ञान लामाले “कोरियाला लाहुरे” बोलको तामाङ दोहोरी गीत ल्याएका छन् । गीतमा शब्द कल्पना वाइवाको, संगीत सानुबाबु घिसिङको रहेको छ भने गीतमा गायक ज्ञान लामा र गायिका निर्मला घिसिङको स्वर रहेको छ । नोर्बु शेर्पाको संगीत संयोजन रहेको सो गीत सरगम स्टुडियो बौद्धमा र बबल गम स्टुडियो कोरियामा रेकर्ड गरिएको हो भने गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

सार्वजनिक हुनुपुर्व नै टिकटकमा हिट सो गीतमा तामाङ समुदायमा प्रचलित ख्याल ठट्यौली पाराले केटा र केटी बीचको माया प्रेमको आकर्षणलाई प्रस्तुत गरिएको छ ।

यस अघि उनको साइली बोर्से वा माइली गीत तामाङ समुदायमा लोकप्रिय थियो ।

भिडियो हेर्नुहोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »