सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनबाट मृत्यु भएका गुल्मीका शिक्षकको ३१ घण्टापछि अन्त्येष्टि,परिवारजनले शव बुझ्न मानेनन्

रुपन्देही। मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शव उठाएर अन्येष्टि गरिएको छ । गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षीय पुरुषको हिजो बिहान कोरोना संक्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो ।

अस्पतालले शव उठाउने प्राविधिक छैनन भन्ने र आफन्तले अस्पतालले उपचार नगरेर मृत्यु भएको भन्ने बिवादकाबीच मृत्यु भएको ३० घण्टा सम्म शव उठाउन सकिएको थिएन ।

नेपाली सेना र प्रहरिको टोलीले केहीबेर अघि अस्पतालबाट शव लिएर गएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । आफन्तले भने शव बुझ्न सहमति नजनाएको बताएका छन ।

संकट व्यवस्थापन केन्द्रको निर्णय, अनुरोध र आवश्यक तयारीपछि नेपाली सेनाको टिमले शव अस्पतालबाट निकाल्नेदेखि अन्तिम संस्कारका सबै काममा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरेको बाहिनीपति एवं सहायक रथी सुदर्शन सिलवालले बताउनु भयो।

अस्पतालले हस्ताक्षर गर्न भनेर भनेको तर आफूहरुले हस्ताक्षर गर्न नमानेपछि शव उठाएर लिएर गएको मृतकका भाईले न्यूज २४ लाई बताए । तर अस्पतालले परिवारलाई मृत्युको प्रमाणपत्र भने थमाएको छ ।

आफन्तको मागका बिषयमा पछि छलफल गर्ने सहमति भएको बताइएको छ । नेपाली सेनाको टोलीले शवलाई तिलोत्तमा नगरपालिकाको जंगलमा कोरोना मृत्यु निर्देशिका अनुसार अन्त्येष्टि गरेको छ ।

परिवारले कोरोना पुष्टि भएपछि अस्पताले उपचार नै नगरेको आरोप लगाएका छन । तर अस्पताल प्रशासनले भने उपचारमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले परिवारको सहमतिमा शवको अन्तिम संस्कार गरिएको बताए । परिवारले राखेका मागका विषयमा थप छलफल गर्ने उनले बताए । परिवारले कोरोना संक्रमण नभइ अस्पतालको लापरवाहीले मृत्यु भएको दाबी गर्दै छानबिनको माग गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »