सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाका कारण विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने

काठमाडौं / २८ असार।
कोरोना भाइरसको महामारीको कारण विम्बल्डन टेनिस रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने भएका छन् ।अल इङ्ल्याण्ड क्लबले प्रतियोगिता रद्द भएपनि पुरस्कार राशीको रुपमा १ दशमलव २५ करोड डलर वितरण गर्ने घोषणा गरेको छ ।

बीमा कम्पनीसँग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।

विम्बल्डनमा २ सय २४ खेलाडीले छनोटमा भाग लिएका थिए । छनोटमा भाग लिने प्रत्येक खेलाडीले जनही १५ हजार ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

योसँगै जोडी स्पर्धामा सहभागी १ सय २० खेलाडीले जनही ७ हजार ८ सय, ब्हील चेयर स्पर्धामा भागलिने १६ खेलाडीले ७ हजार ५ सय र चार खेलाडीको ब्हीलचेयरमा भाग लिने खेलाडीले जनही ६ हजार २ सय डलर पाउने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »